Wednesday, September 25, 2024

यसरी गरिन्छ मौसमको पूर्वानुमान(फाेटाे/ भिडियाे)

नेपालमा मौसम पूर्वानुमान महाशाखाले माैसमकाे प्रक्षेपण गर्ने गर्छ। मौसम छिनछिनमा परिवर्तन हुँदा आम नागरिकले अनुमान त गर्छन्। तर, अहिले के भइरहेको हो र अबको मौसम कस्तो हुन्छ भनेर एकीन ठम्याउन सक्दैनन्।

त्यसका लागि मौसमविद्हरूको आवश्यकता पर्छ । हामी बिहान उठ्ने वितिक्कै आजको मौसम कस्तो हुन्छ–‘घाम लाग्छ कि पानी पर्छ?’ भनेर आकाश हेर्छौ । तर, मौसम पूर्वानुमान महाशाखाले कम्प्युटर भूउपग्रहको तस्वीर र वायुमण्डलको अवस्था हेरेर मौसमको भविष्यवाणी गर्ने गर्छ।

चीन र जापानको ३६ हजार किलोमिटरमाथि आकासमा रहेको भू उपग्रहले देखाएको तथ्यांकका आधारमा नेपालमा मौसमको ७२ घण्टासम्मको पूर्वानुमान लगाउने गरिएको छ।

आधुनिक स्याटलाइट डिस्ट्रीब्युट प्रणालीमार्फत् प्राप्त हुने विश्वका विभिन्न स्थानको मौसमी जानकारीलाई थप स्रोतको रूपमा उपयोग गरिन्छ।

कम्प्युटर भूउपग्रहको तस्वीर र वायुमण्डलको अवस्था हेरेर मौसमको भविष्यवाणी गरिन्छ। यस प्रविधिबाट वायुको बहाव, न्यूनचापीय र अधिकचापीय क्षेत्रको अवस्था लगायतको विश्लेषण र हरहिसाब गरी मौसम भविष्यवाणी गरिने मौसमविद समीर श्रेष्ठ बताउँछन्।

असार पहिलो सातादेखि ‘रेडियोसोन्ड’ अर्थात् बेलुनले मौसमी तथ्यांक संकलन गर्ने गरेको छ। जसका माध्यमबाट पनि मौसमको प्रक्षेपण गर्न सहज हुने गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तस्वीर : अमिष रेग्मी
भिडियाे : शालिक भट्ट


ताजा समाचार

सम्बन्धित समाचार