Wednesday, September 25, 2024

चट्याङ लागेर एकै दिन ३ जनाको मृत्यु

९ असोज, काठमाडौं
चट्याङले आज (बुधबार) ३ जनाको निधन भएको छ । दाङको घोराही उपमहानगरपालिका–११ खुङकोटकी निमकली साहुका छोरा समीरको मृत्यु भएको हो ।

मंगलबार (८ असोजमा) दिउँसो घरमै चट्याङ लागेर घाइते भएका समीरको उपचारका क्रममा आज विहान निधन भएको हो । सो घटनामा निमकली र उनकी ६ वर्षीया छोरी सविना घाइते भएपछि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

यस्तै प्रकृतिको घटनामा कञ्चनपुरमा २ जनाको मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका–६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका–१ की २८ वर्षीया हिरामती रानाको मृत्यु भएको हो । दोधारा चाँदनी–६ का ३७ वर्षीय जगते सुनार घाइते भएका छन् ।

पानी परेका बेला रूखमा ओत लाग्ने क्रममा चटयाङ लागेर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । घाइते सुनारको प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँँदनीमा उपचार भइरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार