Tuesday, October 29, 2024

बेनीको कालीपुलमा बसपार्क निर्माण शुरु

बाबियाचौर – बेनी नगरपालिका–८ कालीपुलमा बसपार्क निर्माणको काम शुरु भएको छ।

जिल्ला सदरमुकाम बेनीमा सवारी पार्किङको समस्या समाधानका लागि बेनी नगरपालिकाको पहलमा बसपार्क निर्माणको काम शुरु भएको हो।

एक दशकअघिदेखि बसपार्कका रुपमा प्रयोग गरिँदै आएको ठाउँमा पूर्वाधार निर्माण गरेर व्यवस्थित बनाउन लागिएको वडाध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिए। विसं २०६४ भदौमा पर्वत र म्याग्दीको सिमानामा रहेको कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि सञ्चालन भएको बसपार्क एक दशकपछि व्यवस्थित गर्ने काम शुरु भएको हो ।

नगरपालिकाले गत वर्ष तयार पारेको गुरुयोजनाअनुसार शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले बसपार्क पहिलो चरणमा ढलान र नाली निर्माणको काम शुरु गरेको हो । उक्त योजनाका लागि यस वर्ष रु ४० लाख विनियोजन भएको थियो ।

सुरुङमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक

म्याग्दीको सबैभन्दा दुर्गम र बिकट बस्ती गुर्जालाई यातायात सञ्जालसँग जोड्न सुरुङ मार्गको सम्भाव्यता अध्ययन गरिएको छ ।

धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जामा सहजरुपमा यातायात सेवा पु¥याउनका लागि सुरुङ मार्ग निर्माण गर्न भूगर्वविद् र प्राविधिक टोलीले गरेको सम्भाव्यता अध्ययनको प्रतिवेदन आइतबार सार्वजनिक गरिएको छ ।

सुरुङ मार्गका पाँच वटा विकल्पसहितको प्रतिवेदन तयार पारिएको इञ्जिनियर कृष्ण गौतमले बताए। सबैभन्दा लामो पाँच किलोमिटर ५०० मिटर र सबैभन्दा छोटो दुई किलोमिटर ६०० मिटर दूरीको सुरुङ बनाउन सकिने इञ्जिनियर गौतमले जानकारी दिए।

पूर्व सांसद गोविन्द पौडेलले लुलाङ गुर्जा सुरुङ मार्गलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा कार्यान्वयन गर्नुपर्ने बताए। सम्भाव्यता प्रतिवेदनसहित डिपिआर तयार पार्न वा अन्य विकल्पको खोजी गर्न प्रदेश, संघीय सरकार र दातृ निकायसँग प्रस्ताव गरिने गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए ।

भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण सडकको विकल्पमा सुरुङमार्गको परिकल्पना गरिएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए। सवारीसाधन आवतजावत गर्ने, नभए पैदलमार्फत आवतजावत गर्नका लागि भए पनि सुरुङ मार्ग आवश्यक रहेको गुर्जाका बासिन्दाको भनाइ छ। रासस

ताजा समाचार

सम्बन्धित समाचार