Tuesday, October 29, 2024

अन्नपूर्णका किसानलाई औजार र बिरुवा हस्तान्तरण

बेनी – म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कृषि शाखाले गाउँपालिकाको आठ वटै वडाका किसानलाई कृषि औजार र बिरुवा हस्तान्तरण गरेको छ।

गाउँपालिकाकी उपाध्यक्ष केशमायाँ मगर र प्रमुख प्रशासकीय अधिकृत अच्यूत दाहालले संयुक्तरुपमा किसानलाई उक्त औजार आइतबार हस्तान्तरण गरे। कृषि शाखा प्रमुख गोपाल भट्टराईले जिल्लामा मै पहिलो पटक छ थान कोदो चुट्ने मेसिन, १४५ थान प्लाष्टिक केट, १२ थान मकै छोड्याउने औजार, २३ वटा सुन्तला टिप्ने भर्याङ, नौ वटा स्प्रे ट्यांकी वितरण गरिएको जानकारी दिए।

त्यस्तै, ४८ थान सिबेचर, ४८ थान आरी, चार हजार सुन्तलाका बिरुवा र एक हजार कागतीको बिरुवा वितरण गरिएको छ।

विद्यालयलाई गाउँपालिकाको २५ लाख

म्याग्दी जिल्लाको मंगला गाउँपालिकामा शून्य दरबन्दीमा सञ्चालित सामुदायिक विद्यालयलाई गाउँपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको छ ।

नतिजा राम्रो र विद्यार्थी संख्या भए पनि सरकारबाट आधारभूत र मावि तहमा कुनै पनि कोटा प्राप्त नगरेका विद्यालयका शिक्षकको तलबभत्तामा खर्च गर्ने गरी आगामी आव २०७५/७६ का लागि रु २५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए।

उनका अनुसार आधारभूत र मावि तहमा सरकारी दरबन्दीको अभावका कारण स्थानीयले चन्दा संकलन, सामुदायिक बनको घाँस, दाउरा बेचेर, महायज्ञलगायत विभिन्न गतिविधि सञ्चालन गरी शिक्षकको तलब जुटाइरहेको अवस्थामा गणित, विज्ञान र अंग्रेजी विषयका शिक्षकलाई लक्षित गरी बजेट विनियोजन गरिएको हो। रासस

ताजा समाचार

सम्बन्धित समाचार