Monday, October 28, 2024

बाढी पहिरो प्रकोप : २६ को मृत्यु, ४ बेपत्ता

काठमाडौं–यो वर्ष मनसुन सक्रिय भएसँगै गत असार १८ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोकामा परी अहिलेसम्म २६ जनाको मृत्यु भएको छ भने चार जना बेपता भएका छन् ।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य संचालन केन्द्रका अनुसार बिहीबारसम्म बाढीपहिरोमा परी २६ जनाले ज्यान गुमाएका छन् ।

बाढीपहिरोमा परी कैलाली, बर्दिया, दाङ, चितवन, काठमाडौं, सिरहा, महोत्तरी र उदयपुरमा एक/एक जनाको मृत्यु भएको छ ।

त्यस्तै बाँकेमा ४, रोल्पामा ३, तनहुँमा २, बारामा २, पर्सामा ३, सर्लाहीमा २ र सिन्धुलीमा २ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

यसै गरी बाढी पहिरोमा परी १६ जना घाइते भएका छन् भने चार जना बेपता भएको केन्द्रले जनाएको छ ।
नेपालमा बाढीपहिरो लगायतका प्राकृतिक प्रकोपमा परी प्रत्येक वर्ष औसतमा पाँच सय जनाको ज्यान जाने गरेको गृहमन्त्रालयले जनाएको छ।

राष्ट्रिय आपतकालीन केन्द्रको तथ्यांक अनुसार नेपालमा बाढीपहिरो, भूकम्प आगलागी, चट्याङ, हावाहुरी, असिना, शीतलहर, हिमपहिरो लगायतका प्राकृतिक प्रकोपबाट जनधनको बढी क्षति हुने गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार