Tuesday, September 24, 2024

बाढीपहिरोः मृतककाे संख्या २४ पुग्यो (अपडेट)

काठमाडौं– बाढीपहिरोकामा परी मुलुकका विभिन्न जिल्लामा २४ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार बुधबार मध्यान्नसम्म बाढीपहिरोका कारण कैलाली, रोप्पा, चितवन, तनहुँ, काठमाडौं, दाङ, सर्लाही, बाँके, उदयपुर, पर्सा, उदयपुर, महोत्तरी, मकवानपुर लगायतका जिल्लामा मानवीय क्षति भएको हो।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्‌कालीन कार्य संचालन केन्द्रले अाज मध्याहन १२ बजेसम्म २४ जनाकाे बाढी पहिराेमा परी मृत्यु भएकाे जनाएको छ।

पहिरोसँगै घर भत्कदा कैलालीमा एक, रोल्पामा तीन र चितवनमा एक जनाको मृत्यु भएको बताए। ती जिल्लामा मृत्यु हुने सबै महिला छन्।

यसैगरी, खाेलामा अाएकाे बाढीले बगाउँदा १४ पुरुष, ३ महिला र दुई बालबालिका गरी १९ जनाको मृत्यु भएकाे  केन्द्रले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले  बाढीपहिरोको जोखिम रहेको स्थानबाट नागरिकलाई सुरक्षित स्थानमा लग्न र विपद्मा परेकालाई तत्काल उद्धार गर्न चा सय ८० जना विपद उद्धार तालिम प्राप्त टोली तयारी अवस्थामा रहेको बताए। जोखिम स्थानमा रहेका नागरिकले १०० मा फोन गरेर तुरुन्त उद्धार टोली उद्धारका लागि पुग्ने उनी बताउँछन्।

नेपालमा बाढीपहिरो लगायतका प्राकृतिक प्रकोपमा परी प्रत्येक वर्ष औसतमा पाँच सय जनाको ज्यान जाने गरेको गृहमन्त्रालयले जनाएको छ।

राष्ट्रिय आपतकालीन केन्द्रको तथ्यांक अनुसार नेपालमा बाढीपहिरो, भूकम्प आगलागी, चट्याङ, हावाहुरी, असिना, शीतलहर, हिमपहिरो लगायतका प्राकृतिक प्रकोपबाट जनधनको बढी क्षति हुने गरेको छ।

(२०७५ असार  २० गते मध्यान्न अद्यावधि गरिएको )

ताजा समाचार

सम्बन्धित समाचार