Monday, October 28, 2024

जलीय जैविक विविधताको संरक्षण गर्दै पानी परियोजना र फेडवासन

काठमाडौँ – खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन)ले युएसएडको पानी परियोजनाको सहकार्यमा दीगो तथा एकीकृत जलाधार व्यवस्थापनमा जनचेतना तथा क्षमता अभिवृद्घि, जलीय जैविक विविधता को संरक्षण र सम्बद्र्धनमा योगदान पु¥याउँदै आएको जनाएको छ ।

देशभरका पाँच हजार भन्दा बढी खानेपानी तथा सरसफाइ उपभोक्ता समूहहरूको नेतृत्वदायी संस्था खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले आफ्ना उपलब्धीहरू सार्वजनिक गर्दै उक्त कुरा बताएको हो।

महासंघले उपभोक्ता समूहमा महिला, विपन्न, दलित, आदिवासी, जनजाती समुदायको सक्रिय सहभागिताको लागि आवाज बुलन्द गर्दै आएको जनाएको छ। यसका साथै महासंघले युएसएडको पानी परियोजनाको सहकार्यमा मार्च २०१७ देखि पानी परियोजनाले काम गरिरहेको तीन ओटा रिभर बेसिन तल्लो कर्णाली र रारा कर्णाली, मध्य सेती र झिम्रुख भित्रका ४ ओटा जलाधार क्षेत्रहरूमा पानी कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

महासंघको पानी परियोजनाले ४ ओटा जलाधार क्षेत्रहरूमा रहेका खानेपानी तथा सरसफाइ उपभोक्ता समूह, महिला समूह, खानेपानी तथा सिंचाई समूह, स्थानीय स्तरका आदिवासी, जनजाती तथा दलित, नागरिक संगठन, सरोकारवाला, वातावरण पत्रकार समूह, मध्य पश्चिमाञ्चल विश्वविद्यालय, संचार क्षेत्र, स्थानीय तथा प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्दै दीगो तथा एकीकृत जलाधार व्यवस्थापनमा जनचेतना तथा क्षमता अभिवृद्घि, जलीय जैविक विविधता को संरक्षण र संबद्र्घनमा योगदान पुर्याउन सफल भएको जनाएको छ। परियोजनाको शुरुवातदेखि हाल सम्म स्थानीय १९० जना नागरिक वैज्ञानिक एवम् स्रोत व्यक्तिहरूको क्षमता अभिवृद्धि तथा परिचालन गरी ४ वटै जलाधारको गुणस्तरीय प्रतिवेदन तयार गर्न तथ्याङ्क समेत संकलन गरिसकेको महासंघले जारी गरेको उपलब्धी पत्रमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार