चीनमा ६० हजार सैनिकलाई रुख रोप्ने जिम्मेवारी

काठमाडौं – चीनले ६० हजार सैनिकलाई नयाँ वन निर्माणका लागि रुख रोप्न निर्देशन दिएको छ।

एसिया टाइम्सका अनुसार चिनियाँ जनसेनाको एक रेजिमेन्टलाई बढ्दो वायु प्रदूषणलाई कम गर्न भन्दै रुख रोप्ने जिम्मेवारी दिइएको हो। यसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो परियोजनाको रुपमा लिइएको छ। सन् २०१८ मा चीनले ७० लाख हेक्टरमा नयाँ वन वनाउने लक्ष्य लिएको छ र त्यसमध्ये आधा वन सिर्जना भईरहेको छ।

चीनले सन् २०१६ सम्म वनको क्षेत्रफल २१ प्रतिशत पु¥याउने लक्ष लिएको थियो र सन् २०२० सम्म त्यसलाई २३ प्रतिशत पु¥याउने लक्ष्य लिएको छ। अहिले खटाउन लागिएको धेरै सैनिकहरु हेवेई प्रान्तमा काम गर्ने छन् जुन एकदम्र प्रदूषित क्षेत्रको रुपमा रहेको छ। यो घोषणा नौलो भने भने होइन् । चीनले यस अगाडी पनि आफ्ना सैनिकहरुलाई गैरसैनिक क्षेत्रमा खटाउने गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार