Monday, October 28, 2024

पत्रपत्रिकामा आज : असारे विकास बजेट सक्ने मेलो

काठमाडौँ – आजका पत्रपत्रिकाले विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयलाई समाचार बनाएका छन् । विशेष गरी लगातार परिरहेको वर्षाको कारण आएको बाढी तथा पहिरोको समाचारलाई विशेष प्राथमिकताको साथ प्रकाशित गरिएको छ ।

नागरिक
– आजको नागरिकमा असारे विकास बजेट सक्ने मेलो शिर्षकमा समाचार छापिएको छ । बर्खा लागेपछि जिल्लाका विकासे कार्यालय र स्थानीय तहले धमाधम विकासका काम अघि बढाएका छन्। निर्माण व्यवसायीमाथि सरकारले निगरानी बढाएपछि विकासे कार्यालयअन्तर्गत ठेक्कामा लागेका आयोजनाको काम धमाधम हुन थालेको छ।
नियमनकारी निकायले निर्माण व्यवसायीलाई दोष देखाउने र व्यवसायीले सामग्री अभावलगायत कारण देखाउँदा विकास निर्माण समयमै सम्पन्न हुन नसक्दा लागत बढ्दै गएको छ। सरकारले तोकिएको समयमा काम नसक्ने निर्माण व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाएपछि केही व्यवसायीले कामलाई निरन्तरता दिएको जानकारी सम्बन्धित कार्यालयले दिएका छन्।
जिल्ला प्रशासन कार्यालय, इलामले केही साताअघि अधुरा आयोजना, ठेक्का लिएका कम्पनी र तिनका प्रतिनिधिको नामसहितको विवरण गृह मन्त्रालयमा पठाएको थियो। उन्नति परियोजनाअन्तर्गत जिल्ला प्राविधिक कार्यालयको प्राविधिक रेखदेखमा भइरहेको सडक निर्माण सुस्त गतिमा थियो। फिक्कल–नयाँबजार सडक स्तरोन्नतिको काम यही असार मसान्तसम्म सक्नुपर्ने हो तर, अहिलेसम्म ५५ प्रतिशत मात्रै काम भएको प्रमुख जिल्ला इन्जिनियर ओमराज ढुंगानाले बताएको समाचारमा उल्लेख छ ।

त्यस्तै बाढीबाट जोगिन धमाधम तटबन्ध शिर्षकमा अर्को समाचार छापिएको छ । वर्षायामका बेला खोला नदीमा उर्लेर आउने बाढीले वस्ती र खेतीयोग्य जमिनमा पुर्याउने क्षतिलाई न्यूनीकरण गर्न बारामा अहिले धमाधम बाँध र तटबन्ध निर्माण भइरहेका छन्।
बाढीको पानीले खोला छेउको वस्ती डुबानमा पर्नुका साथै खेतीयोग्य जग्गा बालुवामा परिणत हुने गरेका छन्। बाढीबाट विगत वर्षहरूमा हुँदै आएको जनधनको क्षतिलाई न्यूनीकरण गर्न अहिले स्थानीय तह र जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण डिभिजन नम्बर ३ को कार्यालय परवानीपुरले विभिन्न खोलामा माटोको बाँध र ढुंगाका तटबन्ध बनाउने काम गरिरहेको समाचारमा जनाइएको छ ।

कान्तिपुर
– आजको कान्तिपुरले बाढीपहिरोको वितण्डा : ११ को मृत्यु, हजार घर डुबे शिर्षकमा समाचार छापेको छ । देशका विभिन्न भागमा आएको बाढी–पहिरोले ११ जनाको मृत्यु हुनुका साथै तराई क्षेत्रमा हजारभन्दा बढी घर डुबानमा परेका छन् । डुबानग्रस्त क्षेत्रका पीडित घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् भने सरकारको उद्धार प्रयास अत्यन्तै फितलो देखिएको छ ।
आइतबार र सोमबार देशभर भएको वर्षा र त्यसपछि आएको बाढी र डुबानमा परी ११ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । गृहका अनुसार अत्यधिक वर्षाबाट ८ जिल्ला प्रभावित भएकास समाचारमा उल्लेख छ।

त्यस्तै मंगलबारसम्मै भारी वर्षा शिर्षकमा अर्को समाचार छापिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकका विभिन्न भागमा मंगलबारसम्मै भारी वर्षा हुने बताएको छ । महाशाखाका मौसमविद् बरुण पौडेलले असार १३ देखि देशैभरि मनसुन सक्रिय भएको र आइतबारदेखि भारी वर्षा सुरु भएको बताए । ‘आइतबारदेखि पश्चिम र मध्यभागमा भारी वर्षा भएको छ,’ उनले भने, ‘सोमबार राति र मंगलबार पूर्वी भागमा ठूलो वर्षा हुने देखिन्छ । पश्चिम क्षेत्रमा भने सोमबार रातिदेखि नै वर्षा रोकिँदै जानेछ ।’
महाशाखाले बुधबारबाट भने सबै भागबाट केही दिनका लागि भारी वर्षा टर्ने जनाएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले मंगलबारसम्म धेरैजसो नदीमा जलसतह बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । शाखाका अनुसार कन्काई, कोसी, कमला, वागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकालीमा पानीको बहाव बढ्ने देखिएको छ । सोमबार मोहना, बबई, पश्चिम राप्ती र आसपासका नदी जलाधारमा जलसतह खतराको तह आसपास पुगेको छ । बुधबारदेखि भने सबै नदी जलाधारमा पानीको बहाव घटदै जाने महाशाखाले जनाएको समाचारमा उल्लेख छ ।

राजधानी
– अाजकाे राजधानी दैनिकले पहाडमा पहिराे, तरार्इमा बाढीः एकैदिन ११ काे मृत्यु, २ बेपत्ता शिर्षकमा समाचार छापिएकाे छ। अविरल वर्षाले पहाडमा पहिराे र तरार्इमा डुबान हुँदा साेमबार देशका विभिन्न ठाउँमा ११ जनाकाे मृत्यु भएकाे छ। पहिराेकाे कारण पहाडी जिल्लाहरूमा सडक अवरूद्ध भएकाे छ भने तरार्इमा डुबानका कारण जनजीवन प्रभावित भएकाे छ । अाइतबारदेखि साेमबारसम्मै अविरल वर्षा जारी छ । साेमबार साँझसम्म मुलुकका विभिन्न स्थानमा अाएकाे बाढी पहिराेमा दुर्इ जना बेपत्ता भएका समाचारमा उल्लेख छ ।

नेपाल समाचारपत्र
–अाजकाे समाचारपत्रमा नगरलार्इ प्लास्टिक र प्रदूषण मुक्त बनाइने शिर्षकमा समाचार छापिएकाे छ । लमजुङकाे मध्यनेपाल नगरपालिकाले समग्र नगर क्षेत्रलार्इ प्लास्टिक मुक्त बनाउँदै ग्रीन तथा क्लिन सिटी बनाउने भएकाे छ । प्लास्टिकबाहेकका हातेझाेला वितरण गर्दै हरियाली प्रवर्द्धनका कार्यक्रम अघि बढाउने तयारी गरिएकाे समाचारमा उल्लेख छ ।

त्यस्तै पूर्वी र मध्य भेगमा भारी वर्षा हुने शिर्षकमा अर्काे समाचार छापिएकाे छ । केही दिनयताकाे निरन्तर झरी अझै जारी रहने भएकाे छ । मंगलबार मुलुककाे पूर्वी र मध्य भेगका तरार्इ र पहाडी क्षेत्रमा मध्यमदेखि अत्यधिक भारी वर्षा हुने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे समाचारमा उल्लेख छ।

अन्नपूर्ण पाेस्ट
– अाजकाे अन्नपूर्ण पाेस्टले पहाडमा पहिराे, मधेसमा बाढी ः कम्तीमा दर्जनकाे मृत्यु शिर्षककाे समाचारलार्इ प्राथमिकताका साथ छापेकाे छ । अविरल वर्षासँगै अाएकाे बाढी पहिराेमा देशभरिबाट कम्ती १२ जनाकाे ज्यान गएकाे छ भने एक जना बेपत्ता भएका छन् । तरार्इ–मधेस क्षेत्र बाढीसँगै डुबानमा परेकाे छ । पहाडी क्षेत्रमा ठाउँठाउँमा पहिराे खसेकाे छ ।

ताजा समाचार

सम्बन्धित समाचार