Tuesday, September 24, 2024

वर्षायाममा अपनाउनुहोस् यी सुरक्षा सतर्कता

काठमाडौं–देशभर परेको वर्षाका कारण विभिन्न ठाउँमा बाढी तथा पहिरो गैरहेको छ । विभिन्न राजमार्गमा पहिरो जाँदा सडक अवरूद्ध भएको छ भने सयौं यात्रुहरू अलपत्र परेका छन् ।

नदी,नाखा,खोलामा पानीको बहाव बढ्दै गैरहेको छ । कति बेला कत्रो बाढी वा पहिरो आउँछ भन्न सकिदैन । आकस्मिक आउने प्राकृतिक प्रकोपले निम्त्याउने विपद्ले धनजन, भौतिक संरचना, मृत्यु, बेपत्ता, विस्थापन,घाइते तथा लाखौंको धनजनको क्षति हुने गरेको छ । त्यसका साथै बाढी पहिरोले खाद्यान्न बाली तथा दुर्लभ वन्यजन्तुसमेत मर्ने गरेका छन्।

बाढी तथा पहिरोजस्ता प्राकृतिक प्रकोपले निम्त्याउने जोखिम कहिल्यै सूचना दिएर आउँदैन । प्राकृतिक प्रकोपलाई हामीले रोक्न सक्दैनौं तर यसबाट बच्ने उपाय भने अपराउन सक्छौं ।

–सडक, नहर, बाँध, कुलो जस्ता ठाउँहरूमा बाढी–पहिरो आउँन सक्छ । त्यस्ता ठाउँहरूमा बसोबास गर्दा सचेतता अपनाउनुहोस् ।
–पानी परिरहेको बेलामा यात्रा गर्दा सडकको अवस्थाबारे पहिले नै जानकारी लिने ।
–लामो यात्रामा जान लागिएको हो भने आवश्यक खाने कुरा,पानी, औषधी,मोवाइलको चार्जर बोक्ने ।
–आफु कहाँ जादै छु भनेर परिवारका सदस्यलाई जानकारी गराउने ।
– आफु गैरहेको बाटो पहिरोले अवरूद्ध बनाएको छ भने वैकल्पिक बाटोकोबारे पहिले नै जानकारी लिने ।
– आफ्नो निजी गाडीमा यात्रा गर्दै हुनुहुन्छ भने । गाडीको टायरका साथै आफुलाई आवश्यक अन्य सबै सामग्री राख्ने ।
– मौसमबारे बेलाबेलामा जानकारी लिने ।
–आफु बसेको ठाँउमा बाढी पहिरोको जोखिम छ भने सुरक्षित रहनको लागि पहिले नै सचेत अपनाउने ।
–पानी परेको अवस्थामा खोला–नाला एक्लै नतर्ने ।
–पहिरोको जोखिम भएका क्षेत्रमा काम गर्न जाँदा ध्यान दिने ।
–नागरिकता,लाइसेन्स,लालपूर्जा,पासवर्ड फोटोकपी गर्न तथा आफ्नो आवश्यक कागजपत्र पहिला नै सुरक्षित स्थानमा राख्ने ।
–वर्षाको समयमा बच्चाहरूलाई सडक किनारा तथा घरबाट बाहिर जान नदिने ।
–आफ्नो घर वरिपरि रहेका खाल्डाखुल्टी पुर्ने ।
– सुरक्षाकर्मीको सम्पर्क नम्वर राख्ने ।
– अहिले बाढी–पहिरोको सूचना थाहा पाउन ११५५ मा फोन गर्नुहोस् । यसमा फोन गर्दा पैसा लाग्दैन ।

ताजा समाचार

सम्बन्धित समाचार