Monday, October 28, 2024

देशभर भारी वर्षा हुने, बाढीकाे उच्च जाेखिम 

काठमाडौँ –  देशभर अाज भारी वर्षा हुने संभावना बढेसँगै देशका मुख्य तथा सहायक नदीहरूमा बाढीकाे जाेखिम बढेकाे छ। जल तथा मौसम विज्ञान विभागको जलविज्ञान महाशाखा तथा बाढी पूर्वानुमान शाखाले जारी गरेको बाढी बुलेटिनमा मनसुन सक्रिय भएकाले सोमबार देशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै सतर्क रहन आग्रह गरिएको छ।

देशका धेरै जसो स्थानमा हल्कादेखि मध्य वर्षा तथा पूर्वी भागका केही स्थानमा मध्यदेखि भारी वर्षा हुने सम्भावना रहेको बताउँदै त्यस क्षेत्रका बाढीको जोखिममा रहेकाे बुलेटिनमा जनाइएको छ ।

देशका कन्काई, कोसी, कमला, बागमती, नारायणी, पश्चिम राप्ति, बबई, कर्णाली र महाकाली लगायतका मुख्य नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले त्यस क्षेत्रका बासिन्दालार्इ समेत सतर्क रहन आग्रह गरिएकाे छ।

पश्चिममा मोहना, बबई, पश्चिम राप्ति आसपासका साना नदीमा भारी वर्षाका कारण पानी खतराको तह आसपास हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ। कन्काइ, कोसी, कमला, बाग्मती, नारायणी, पश्चिम राप्ती, बबई कर्णाली, र महाकाली सबै मुख्य नदीहरूमा बहाब बढ्दो क्रममा रहेको छ ।

त्यस्तै पश्चिममा मोहना, बबइ, पश्चिम राप्ती र आसपासका क्षेत्रमा भारी वर्षा भइरहेकाले बाढीको खतरा रहेको छ । त्यस्तै पूर्व तथा मध्य भएर बहने मेची, बिरिङ, निन्दा, पथरी, कन्काइ, बुढीखोला, त्रियुगा, खाडो, गगन, लालबकैया, कमला, पूर्वी राप्ती, बागमती, रिउखोला लगायत चुरे आसपासबाट बहने सबै नदीहरूमा खतरा तह भन्दा माथी पुग्न सक्ने अनुमान भएकाले सबैलाई सतर्क रहन आग्रह गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार