Monday, October 28, 2024

पत्रपत्रिकामा आज : मिलेमतोमा मापदण्ड विपरित सवारी, विपद् व्यवस्थापनमा सेना र प्रहरी

काठमाडौँ – आजका पत्रपत्रिकाले वातावरणीय तथा विकास निर्माणका विभिन्न मुद्दाका विषयलाई समाचार बनाएका छन्।

कान्तिपुर
– आजको कान्तिपुरले बीपी राजमार्गस् मिलेमतोमा मापदण्ड विपरीत सवारी शिर्षकमा समाचार छापेको छ । प्रहरी र व्यवसायीको मिलेमतोमा सर्वोच्च अदालतको अन्तरिम आदेश लत्याउँदै बीपी राजमार्गमा बढी भारवहन क्षमताका सवारी साधन पुनस् सञ्चालन गरिंदै आएको छ । मिलेमतोमा हुने त्यस्ता कार्यको व्यवसायीबाटै विरोध भए पनि स्थानीय प्रशासनले भने कानमा तेल हाल्दै आएको छ । प्रहरीले बढी भारवहन क्षमताका सवारीसाधन नियमन गर्न कमलामाई नगरपालिका ४ को हिरापानीमा चेकिङ युनिट राखेको छ । राजमार्गको हिरापानीमा ट्राफिकसहित राखिएको प्रहरी युनिटले २४ घण्टा नै ड्युटी गर्छ । तर, जिल्लाबाट आएको आदेशपछि बढी भारवहन क्षमताका सवारी साधन भने छाड्ने गरेको छ । केही व्यवसायीको प्रलोभनमा परी मापदण्डविपरीतको सवारी साधन धमाधम छाड्न थालेपछि अन्यले समेत चलाउन पाउनुपर्ने माग गर्न थालेका समाचारमा उल्लेख छ।

नागरिक
–अाजकाे नागरिकमा राैतहटका दर्जनाैँ गाउँ बाढीकाे उच्च जाेखिममा शिर्षकमा समाचार छापिएकाे छ। मनसुनकाे सक्रिय भएसँगै बाढीको उच्च जोखिममा रहेका राैतहटका दर्जनौँ गाउँका बासिन्दा त्रासमा रहेका छन्। गत वर्षको भीषण बाढीले दुई दर्जनभन्दा बढी स्थानमा बागमती र लालबकैयाको तटबन्ध भत्काएको र हालसम्म मर्मत हुन नसकेकोले बाढीको उच्च जोखिममा रहेका दर्जनौँ गाउँका स्थानीयबासी बाढी पसेर गत वर्षकै नियति दोहोरिने आशंकाले त्रासमा रहेका समाचारमा उल्लेख छ।

गाेरखापत्र
–अाजकाे गाेरखापत्रमा पाेखरा बाग्लुङ सडक दैनिक सात घण्टा बन्द हुने शिर्षकमा समाचार छापिएकाे छ । मध्यमहाडी लाेकमार्गकाे पर्वत खण्ड शुक्रबारदेखि दैनिक सात घण्टा बन्द हुने भएकाे छ । पर्वतकाे कुस्मा नगरपालिकामा पर्ने चुवाकाे भीर र माेदी गाउँपालिकामा पर्ने डिमुवा माहुरीभीरमा सडक फराकिलाे बनाउने क्रममा बन्द गरिएकाे समाचारमा उल्लेख छ।

अन्नपूर्ण पाेस्ट
–अाजकाे अन्नपूर्ण पाेस्टमा विपद व्यवस्थापनमा सेना र प्रहरी शिर्षकमा समाचार छापिएकाे छ । बाढीपहिराेकाे प्रकाेपले मानवीय तथा भाैतिक क्षति हुने क्रम बढेपछि  सरकारले विपद्मा परेकाकाे उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाकाे संयन्त्र खटाउन थालेकाे समाचारमा जनाइएकाे छ ।

नयाँ पत्रिका
–अाजकाे नयाँ पत्रिकामा वन तथा वातावरणमा अाइएनजिअाेकाे २ खर्ब सहयाेग शिर्षकमा समाचार छापिएकाे छ । नेपालकाे वन तथा वातावरण क्षेत्रमा दातृनिकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था(अाइएनजिअाे)ले करिब २ खर्ब सहयाेग गर्दै अाएका छन् । सन् २०२३ सम्मका लागि उनीहरूले विभिन्न याेजना बनाएर १ खर्ब ९८ अर्ब ५९ कराेड ४५ लाख ६८ हजार सहयाेग गर्ने याेजना बनाएकाे समाचारमा जनाइएकाे छ ।

नेपाल समाचारपत्र
-अाजकाे समाचारपत्रमा वायु प्रदूषण मधुमेहकाे अर्काे कारण शिर्षकमा समाचार प्रकाशित भएकाे छ । सन् २०१६ मा गरिएकाे  अमेरिकी अध्ययनले सात प्रकारका मधुमेहमध्ये सबैकाे कारक तत्त्वमध्ये एक वायु प्रदूषण पनि भएकाे देखाएकाे छ । वायु प्रदूषणले दीर्घराेग लाग्न सक्ने संभावनामा कम प्रभाव पार्ने देखिए पनि मधुमेह विकासमा भने कुनै न कुनै भूमिका खेल्ने गरेकाे साे अध्ययनले पत्ता लगाएकाे समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार