Tuesday, September 24, 2024

तीन फोटोमा हेर्नुहोस्, चीन उडानको पर्खाइमा रहेका गैंडा

काठमाडौं–सरकारले असार २८ गते एक जोडी एकसिंगे गैंडा चीनलाई हस्तान्तरण गर्ने तयारी गरेकाे छ।

यसअघि दुबै देशबीच भएको समझदारी अनुसार नेपालले पहिलो चरणमा भाले गैंडा ‘भद्र’ र पोथी गैंडा ‘रुपसी’ लाई उपहार स्वरुप हस्तान्तरण गर्न लागेकाे हाे। अर्काे जोडी गैंडा साउनमा हस्तान्तरण गर्ने नेपाल सरकारको तयारी छ।

चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा पिट बोमा अर्थात् सानो खोरमा राखिएका गैंडो चीनको पशु क्वारेन्टाइनबाट आएका भेटेरिनरी चिकित्सक डा वाङ्ग र नेपाली भेटेरीनरी चिकित्सक टोलीले स्वास्थ्य परीक्षण थालेको छ।

ती गैंडामा मुख्य गरी खोरेत, क्षयरोग र ब्लूटङ्ग (नीलो जिब्रा हुने समस्या) लगायत रोगको परीक्षण भइरहेको स्वास्थ्य परीक्षणमा सहभागी डा अमिर षडौलाले जानकारी दिए। नमूना संकलन गरेर त्यसको प्रयोगशाला परीक्षण गरिने छ।

गत वैशाखमा चितवन निकुञ्जको पश्चिम सेक्टरबाट तीन वटा गैंडालाई नियन्त्रणमा लिएर सौराहामा राखिएको छ। अर्को एउटा गैंडा भने भारतबाट उद्धार गरी ल्याइएको हो।

तस्बिरमा हेर्नुहोस् चीनलाई उपहार दिइन लागिएका गैंडा

 

ताजा समाचार

सम्बन्धित समाचार