Tuesday, September 24, 2024

तापमानमा आएकाे परिवर्तनले नेपाललार्इ फाइदा : अध्ययन

काठमाडौं– विश्व बैंकको एक अध्ययनले दक्षिण एसियामा बढ्दो तापमान र मनसुनमा आएकाे परिवर्तनले सबैभन्दा बढी असर भारतलाई र सबैभन्दा कम नेपाललाई पर्ने देखाएको छ।

सो अध्ययन अनुसार भारतको कुल गाृहस्थ उत्पादनमा गम्भीर असर गर्नेछ, भने सन् २०५० सम्म झण्डै आधा जनसंख्याको जीवनयापनमा असर गर्नेछ। साउथ एसियाज हटस्पट नामको सो प्रतिवेदनको दक्षिण एसियाका ६ वटा मुलुकको अध्ययन गरेको थियो। सो अध्ययन अनुसार भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकमा जलवायु परिवर्तनको असर बढी पर्नेछ, भने अफगानिस्तान र नेपाललाई भने केही समयमा लागि लाभ हुनेछ।

सो प्रतिवेदनका अनुसार नेपाल र अफगानिस्तानको मौसम चिसो भएकाले दुई मुलुकले जलवायु परिवर्तनको सकारात्मक फाइदा उठाउने छन्। अध्ययनका अनुसार वार्षिक तापक्रम वृद्धि हुँदा चिसो मौसम रहेका मुलुकमा भने अन्नको बढी उत्पादन हुने गर्दछ। यसको पुष्टिको लागि सो प्रतिवेदनले विभिन्न प्राज्ञिक अध्ययनहरुलाई आधार मानेर सो निष्कर्ष निकालेको हो।

प्रतिवेदनले दक्षिण एसियाको औसत तापमानमा गत ६० वर्षमा वृद्धि भएको र आगामी दिनमा अझ बढ्ने देखाएको छ। सो प्रतिवेदन अनुसार यसले दक्षिण एसियाली नागरिकको जीवनयापनमा गम्भीर असर गरेको छ, भने उनीहरु आम्दानी समेत घटिरहेको छ।

पानी नपर्ने अथवा तीव्र पानी पर्ने अवस्थाले अन्नको उत्पादनमा कमी आउने, पानीको झन् संकट हुने र पानीहरु क्रमश सुरक्षित र बढी सुरक्षित ठाउँमा बसाइँ सर्ने सो अध्ययनमा उल्लेख छ। जलवायु परिवर्तले विशेषगरी कृषि, स्वास्थ्य र उप्पादकत्वमा असर गरिरहेको हुन्छ। यस क्षेत्रको अधिकाँश जनसंख्या यस अगाडी नै उच्च तापक्रम भएको मुलुकमा बस्ने गर्दछन्।

‘तापमानमा आएको परिवर्तनले दक्षिण एसियाको आधा जनसंख्यालाई असर गर्नेछ जसले आर्थिक रुपले गरीब क्षेत्रको आर्थिक वृद्धिमा कमी ल्याउने छ,’ सो प्रतिवेदनमा भनिएको छ। सो प्रतिवेदनमा अनुसार भारतीय उपमहाद्धिपका सहरहरु जस्तै ढाका, कराँची, कलकत्ता र मुम्बई लगायतका शहरहरु समुन्दी आँधी र बाढीको खत्तरामा रहेका छन्।

तातो हावा यस क्षेत्रको अर्काे समस्या हो। सन् २०१५ मा तातो हावाका कारण ३ हजार ५ सयभन्दा बढीको मृत्यु भएको थियो। जलवायु परिवर्तनको असर विभिन्न स्वरुपमा देखिएको छ। जस्तो समुन्द्रमा पानीको सतहमा बृछि, औसत तापमानमा बृद्धि, धेरै र निरन्तर रुपमा रुपमा पानी पर्ने, हावापुरी चल्ने र खडेरीहरु पर्ने हुन्छ।

 

ताजा समाचार

सम्बन्धित समाचार