Monday, October 28, 2024

पत्रपत्रिकामा आज  : सुके खानेपानीका श्रोत, ७१ प्रतिशत पानीमा काेलिफर्म

काठमाडाैँ – आजका पत्रपत्रिकाले वातावरणीय तथा विकास निर्माणका मुद्दाका विभिन्न विषयलाई समाचार बनाएका छन् । बर्खा नलाग्दै भासियो तटबन्द, सुके खानेपानीको श्रोत, पूर्वमा कम रोपाइँ, ७१ प्रतिशत पानीमा काेलिफर्म,  नुवाकाेटमा ३० हजार बिरूवा राेपिने लगायतका शिर्षकमा समाचार छापिएको छ ।

अन्नपूर्ण पोस्ट
आजको अन्नपूर्ण पोस्टले सुके खानेपानीका श्रोत शिर्षकमा समाचार छापेको छ । बझाङका प्रायः गाउँहरू पहाडको फेदी र डाँडामा छन् । पहिलाका मान्छेले बस्ती बस्दा गाउँ नजिकै कुवा वा पानीको मुहान भएको स्थानमा घर बनाएर बसेको अवस्था थियो । तर, अहिले गाउँभित्रका वा नजिक रहेका पानीका श्रोत सुक्न थालेका छन् । गाउँ नजिक रहेका पानीका श्रोतहरू सुकेपछि पुराना एकै ठाउँमा बस्ती बसेका गाउँलेलाई खानेपानी समस्या देखिन थालेको समाचारमा उल्लेख छ ।
त्यस्तै बर्खा नलाग्दै भासियो तटबन्ध शिर्षकमा समाचारमा प्रकाशित भएको छ । कैलालीको भजनी नगरपालिका ८ सोनाफाँटाको पथरैया नदीमा निर्माण गरिएको तटबन्ध बर्खा नलाग्दै भासिएको छ । पथरैया नदीको पुलदेखि दक्षिणतर्फ निर्माण् भएको झण्डै २ सय मिटर तटबन्ध बर्खा नलाग्दै भासिएको समाचारमा छ ।

त्यसैगरी अन्नपूर्णमै आज राष्ट्रिय धान दिवस : देशभर साढे १२ प्रतिशत रोपाइँ शिर्षकमा समाचार छापिएको छ । साथै पूर्वमा कम रोपाइँ शिर्षकमा अर्को समाचारमा छापिएको छ । पूर्वमा असार दोश्रो सातासम्म करिब ७ दशमलप २२ प्रतिशत रोपाइँ भएको छ । कृषकका लागि मानो खाएर मुरी उब्जाउने सिजनसँगै पार्याप्त सिँचाइ सुविधा भएको उच्च तथा पहाडी जिल्लामा धमाधम रोपाइँ भइरहेको छ । नेपालमा अन्नको भण्डार भनेर चिनिने पूर्वी तराईका जिल्लामा पनि रोपाइँ सुरु भएको छ । पहाडी जिल्लामा सबैभन्दा धेरै भोजपुरमा ५० प्रतिशत र सबैभन्दा थोरै संखुवासभामा तीन प्रतिशत मात्रै रोपाइँ भएको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको समाचारमा उल्लेख छ ।

नागरिक
अाजकाे नागरिकमा पहिराेले पाँचकाे ज्यान लियाे शिर्षकमा समाचार छापेकाे छ । उत्तरी धादिङमा पर्ने खनियाबास गाउँपालिकाकाे वडा नम्बर ४ र ५ मा बुधबार राति पहिराेले पुरेर दुर्इ परिवारकाे पाँचजनाकाे मृत्यु भएकाे छ । ६ जना घाइतेकाे उद्धार गरिएकाे छ । दुर्घटनास्थल सदरमुकाम धादिङबेसीबाट एक दिन पैदल दूरीमा पर्ने समाचारमा उल्लेख छ ।

त्यस्तै नागरिक मै नुवाकाेटमा ३० हजार बिरूवा राेपिने शिर्षकमा अर्काे समाचार छापिएकाे छ । वातावरणीय सन्तुलनका लागि अावश्यक भूभागमा वनक्षेत्र कायम गर्ने राज्यकाे निर्देशक, सिद्धान्त, नीति तथा दायित्वअनुसार जिल्ला वन कार्यालय नुवाकाेटले खाली जग्गामा वृक्षराेपण गर्न विभिन्न जातका तीस हजारभन्दा बढी बिरूवा उत्पादन गरेकाे समाचारमा उल्लेख छ ।

कान्तिपुर
अाजकाे कान्तिपुरमा ७१ प्रतिशत पानीमा काेलिफर्म शिर्षकमा समाचारमा छापिएकाे छ । ललितपुरकाे ७१ प्रतिशत खानेपानी श्राेतमा दिसाजन्य पदार्थ(काेलिफर्म) भेटिएकाे छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले ३ महिनायता गरेकाे खानेपानी गुणस्तर निगरानीमा यस्ताे भेटिएकाे हाे । काेलिफर्मका साथै खानेपानीमा अार्सेनिक, अाइरन र एमाेनियाजस्ता कडा धातुकाे मात्रा पनि अत्यधिक पाइएकाे समाचारमा उल्लेख छ ।

नयाँ पत्रिका
अाजकाे नयाँ पत्रिकाले असार मध्यसम्म पनि ८ जिल्लामा राेपाइँ हुन सकेन शिर्षकमा समाचार छापेकाे छ । असार मध्यसम्म अाइपुग्दा ८ जिल्लामा राेपाइँ हुन सकेकाे छैन् । कृषि भूमि, व्यवस्था तथा सहरकारी मन्त्रालयकाे तथ्यांकअनुसार कपिलवस्तु, नवलपरासी, रूपन्देही, बाँके, पर्सा, महात्तरी, धनुषा र रामेछापमा राेपाइँ सुरू भएकाे छैन् । मनाङ र मुस्ताङमा धानखेती हुने जमिन नभएकाले त्यहाँ राेपाइँ नहुने समाचारमा उल्लेख छ ।

नेपाल समाचारपत्र
समाचारपत्रमा विशेष जहाजबाट चीन जाँदै भद्र र रूपसी शिर्षकमा समाचारमा छापिएकाे छ । चीनलार्इ उपहारस्वरूप प्रदान गर्ने तयारी गरिएका दुर्इ जाेडीमध्ये एकजाेडी गैँडा यही महिनाभित्र चीन पठाइँदै छ । असार मसान्तअघि नै भद्र र रूपसी नामका भाले पाेथी गैँडा चीन पठाउने तयारी गरिएकाे समाचारमा उल्लेख छ ।

त्यस्तै समाचारपत्रमा कलंकी –नागढुंगा सडक बिस्तार गर्न अादेश शिर्षकमा अर्काे समाचार छापिएकाे छ । सर्वाेच्च अदालतले काठमाडाैँ उपत्यकाभित्र निर्माणाधीन अवस्थामा राेकिएका सडकहरू विस्तार गर्न निर्देशनात्मक अादेश जारी गरेकाे छ । न्यायाधीशहरू केदारप्रसाद चालिसे, हरिकृष्ण कार्की र पुरूषाेत्तम भण्डारीले गत असाेजमा गरेकाे फैसलाकाे पूर्णपाठ बिहीबार अाएसँगै निर्माणाधीन अवस्थामा राेकिएकाे सक विस्तार सहज भएकाे समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार