Monday, October 28, 2024

पत्रपत्रिकामा अाज : महिलाको जिम्मामा ग्रामीण सडक, ठेकेदारले तुहाइदिए सडक सपना

अाजका पत्रपत्रिकाले विकास निर्माण र वातावरणीय मुद्दाका विभिन्न विषयलार्इ समाचार बनाएका छन् । महिलाको जिम्मामा ग्रामीण् सडक, वर्षासँगै बाढी र पहिरो, ठेकेदारले तुहाइदिए सडक सपना, अाजबाट मुलुकभर मनसुन सक्रिय, नेपालका गैँडा लैजान  चिनियाँ विमान अाउँदै लगायतका शिर्षकमा समाचार छापिएका छन् ।

कान्तिपुर
– आजको कान्तिपुरले महिलाको जिम्मामा ग्रामीण् सडक शिर्षकमा समाचार छापेको छ । हातमा कोदालो, हँसिया र साबेल बोकेर ३३ वर्षीया सन्तोषी सुनार हरेका दिन बिहान घरबाट निस्कन्छिन् । घरबाट खाना–खाजा लिएर जाने उनी बेलुका अध्याँरो भएपछि मात्रै घर फर्किन्छिन् । ३३ वर्षीया सन्तोषी सुनार चुनिया–नामटार सडकको मर्मत सम्भारमा विगत ४ वर्षदेखि खटिएकी छन् । कुनै कार्यालयको जागिरेजस्तै उनले शनिबारबाहेक अन्य दिन छुट्टी पनि पाउँदिनन् । चुनिया–नामटारको १२ किलोमिटर लामो सडकको मर्मत सम्भार गर्न सुनारलगायत ७ महिलालाई जिल्ला प्राविधिक कार्यालयले जिम्मेवारी दिएको समाचारमा उल्लेख छ।

त्यस्तै कान्तिपुरमा वर्षासँगै बाढी र पहिरो शिर्षकमा अर्को समाचार छापिएको छ । वर्षायाम सुरु भएसँगै प्रदेश ४ का विभिन्न जिल्लामा बाढीपहिरोले वितण्डा मच्चाउन थालेको छ । बागलुङमा पहिरोले पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । बस्ती नै पहिरोको जोखिममा परेको छ भने झोलुंगेपुल र खेतीयोग्य जमिन बगाएको छ । पहिरोले घरगोठ पुरिएका छन् । स्याङ्जामा खोलाले बगाएर युवतीको मृत्यु भएको छ । जिल्लाका अधिकांश सडक वर्षाले अवरुद्ध भएका समाचारमा उल्लेख छ ।

त्यस्तै ठेकेदारले तुहाइदिए सडक सपना शिर्षकमा अर्को समाचार छापिएको छ । यही असार मसान्तभित्र बारपाक पुग्ने सडक कालोपत्रे गर्ने सरकारी योजना ठेकेदारले तुहाइदिएका छन् । सम्पन्न गर्नुपर्ने अवधिमा १२ किलोबाट बारपाकसम्मको ४८ मध्ये ९ किमिको मात्र कालोपत्रे सकिएको छ । ११ किलो छेवेटार भालुस्वाँरा सडक आयोजनाले सडक कालोपत्रेका लागि ४ प्याकेजमा ठेक्का लगाएको थियो । पहिलोपटक प्रधानमन्त्री हुँदा भूकम्पको केन्द्रविन्दु बारपाक आएका केपी ओलीले ०७५ असार मसान्तभित्रै बारपाकसम्म पक्की सडक पुग्ने भन्दै मन्तव्य राखेका थिए । तर उक्त खण्डको प्रगति निकै कमजोर देखिएको छ । आयोजनाको फितलो नियमन र ठेकेदारको लापरबाहीले सडक निर्माण समयमै पूरा नभएको समाचारमा जनाइएको छ ।

राजधानी 
–अाजकाे राजधानी दैनिकमा अाजबाट मुलुकभर मनसुन सक्रिय शिर्षकमा समाचार छापिएकाे छ । अाज(बुधबार)बाट देशभर मनसुन सक्रिय हुने भएकाे छ । गत जुन ८मा नेपालकाे पूर्व भागबाट फैलिएकाे मनसुनी वायु दुर्इ साता बितिसक्दा पूर्वी  मध्य क्षेत्रमा मात्रै सक्रिय भएकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे समाचारमा उल्लेख छ ।

नेपाल समाचारपत्र
–अाजकाे सामाचारपत्रमा पश्चिमी वायु सक्रिय हुँदा मनसुन कमजाेर भन्ने शिर्षकमा समाचार प्रकाशित भएकाे छ । यसपटक गत वर्षभन्दा ४ दिनअगावै मनसुन भित्रियाे, तर नियमित वर्षा भने हुन सकेकाे छैन् । पश्चिमी भेगकाे तुलनामा पूर्वी वायु कमजाेर बन्दा मनसुन अझै सक्रिय बन्न नसकेकाे समाचारमा उल्लेख छ ।

नयाँ पत्रिका 
–अाजकाे नयाँ पत्रिकामा नेपालका गैँडा लैजान चिनियाँ विमान अाउँदै शिर्षकमा समाचारमा छापिएकाे छ । तत्कालीन वनमन्त्री अग्नी सापकाेटा चीन भ्रमणमा जाँदा २७ पुस ०७२ मा चिनियाँ समकक्षी चाङ च्याङलाेङले गैँडा मागे । नेपालकाे एकसिंगे गैँडा चीनलार्इ उपहारस्वरूप दिन च्याङलाेङले सापकाेटासँग प्रस्ताव गरेका थिए । सापकाेटाले तत्काल मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने र प्रक्रिया अगाडि बढाउने वचन दिए । दुर्इ मन्त्रीबीचकाे भेटमा भएकाे उक्त प्रयासले अब मूर्त रूप पाउँदै छ । नेपालले चीनलार्इ उपहारस्वरूप एकसिंगे दुर्इ जाेडी गैँडा  दिँदै  गरेकाे समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पाेस्ट
–अन्नपूर्ण पाेस्टमा पहिराेले दिनभर सास्ती शिर्षकमा समाचार छापेकाे छ । पहिराेले दिनभर अवरूद्ध मुग्लिन–नारायणगढ सडक लगातार ११ घण्टाकाे प्रयासपछि खुलेकाे छ । मंगलबार बिहान ५ बजे इच्छाकामना गाउँपालिका ५ टाेपेखाेलामा पहाड खस्दा अवरूद्ध भएकाे सडकमा दिउँसाे पाैने चारबजे दुर्इतर्फी सवारी खुलेकाे समाचारमा छ ।

नागरिक
अाजकाे नागरिकमा सिक्टा सिँचाइकाे नहर अलपत्र शिर्षकमा समाचारमा छापिएकाे छ । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ अायाेजनामा ठेकेदारले काम नगरेपछि साउदी विकास काेषले सहयाेग राेक्ने चेतावनी दिएकाे छ । साउदी विकास काेषले सिक्टाकाे डुँडुवालगायत शाखा नहरका लागि दुर्इ अर्ब ४१ कराेड रूपैयाँ सहुलियत ऋण उपलब्ध गराउन मन्त्रालयसँग सम्झाैता गरेकाे समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार