काठमाडाैं–भारतमा पानीको गुणस्तरको समस्याको सूचीमा एउटा नयाँ विषय थपिएको छ, जसले भूमिगत पानीलाई झन संकटमा धेकेलिदिएको छ।
पछिल्लो अनुसन्धान अनुसार पानीमा ‘युरेनियम’ को मात्रा विश्व स्वास्थ संगठनले तोकेकोभन्दा धेरै बढी पाइएको छ। विशेषत गुजरात र राजस्थानको भूमिगत पानीमा युरेनियमको मात्रा अत्याधिक पाइएको छ। यो एउटा प्रमुख चिन्ताको रुपमा देखिएको छ, किनभने शरीरमा उच्च मात्रामा युरेनियमको मात्रा भएमा मृगौला खराब हुनसक्छ।
तर, भारतमा भूमिगत पानीको प्रदूषणको विषय नयाँ भने होइन। विशेषत गंगा र ब्रम्हपुत्र नदीको घाटीमा आर्सनिकको मिसावटको विषयले संसारको ध्यान तान्ने गरेकाे छ। यसले विशेषगरी पश्चिम बंगाल, उत्तर प्रदेश, विहार र आसाम राज्यलाई असर गरिरहेको छ। धेरै समयसम्म आर्सनिक शरीरमा रहेमा त्यसले विभिन्न प्रकारका क्यान्सर हुनुको साथै मानिसको मृत्यु समेत हुने गर्दछ।
भारतको गुणस्तर मापदण्ड विभागले पानीमा हुनुपर्ने न्यूनतम आर्सनिकले मात्रा तय गरेको छ। सो अनुसार न्यूनतम १० युजी/एलभन्दा बढी हुनुहुँदैन्। यदि पानीको स्रोतको वैकल्पिक व्यवस्था नभएमा ५०-१० युजि/एलसम्म आर्सनिकको मात्रा भएको पानी प्रयोग गर्न सकिने विभागले जनाएको छ। तर, युरेनियमको हकमा भने कुनै पनि सीमा तोकिएको छैन।
खानेपानीमा युरेनियमको मात्राको बारेमा चाँसो व्यक्त भएको रेडियोएक्टीभिटीको कारणभन्दा पनि मुख्यतया यसमा हुने विशाक्त रसायनको कारणले हो। मानव स्वास्थमा मात्र होइन, यसले बालीमा समेत नकारात्मक असर गर्दछ। नोर्थ क्यारिलोनाका जिओकेमिष्ट अभेनर भेनघोशले भारतको पानीको गुणस्तरको बारेमा यतिबेला अध्ययन गरिरहेका छन् र उनको मुख्य विषय पानीमा युरेनियमको मात्रामा केन्द्रित छ।
उनले पानीमा युरेनियमको मात्रालाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा आफ्नो अध्ययन गरेका छन्। भेनघोसको टीम र भूमिगत पानीको स्रोत विभागले एक टोलीले गुजरात र राजस्थानका ३ सय २४ इनार तथा पानी स्रोतबाट केही पानीको नमूना संकलन गरेर पानीमा रसायनको मात्राको बारेमा अध्ययन गरेका थिए। उनीहरुले सो पानीको विशुद्ध संकलन गरेका थिए। यस बाहेक अनुसन्धानकर्ताहरूले यस अगाडि १६ वटा राज्यमा गरिएको अध्ययनको तथ्यांक पनि प्रयोग गरेका थिए।
सो अध्ययनमार्फत् उनीहले देशभरका राज्यहरुको पानीमा युरेनियमको तह पत्ता लगाउने प्रयास गरेका थिए। नतिजा अनुसार राजस्थानको २ सय २६ मध्ये ७५ (२८ प्रतिशत) र गुजरातको ९८ मध्ये ५ (५ प्रतिशत) पानीमा विश्वस्वाथ्य संगठनले तोकेकोभन्दा बढी युरेनियम पाइयो। केही इनार र तालमा भने युरेनियमको मात्रा ३ सय युजी/एलसम्म पाइएको थियो। अहिले र पुराना तथ्यांकहरुको आधारमा विश्लेषण गर्दा दक्षिणपूर्वी राज्यहरु आन्द्र प्रदेश र तेलङगना र केही पूर्वी राज्यहरु युरेनियमको मात्रा विश्व स्वाथ्य संगठनले तोकेको भन्दाबढी पाइएको थियो।
तर, अत्याधिक मात्रामा युरेनियमको मात्रा भने राजस्थान, पन्जावका केही भाग, हरियाना र गुजरातमा पाइएको थियो। ‘अध्ययनको अघि हामीलाई पानीमा उच्च मात्रामा युरेनियमको मात्रा उच्च छ भन्ने थाहा थिएन, नतिजाले हामीलाई आश्चर्यमा पारेको छ कि भारतभरी नै यस प्रकारको समस्या रहेछ,’ अनुसन्धानकर्ता भेनघोशले बताए।
युरेनियम विशेषत चट्टानमा पाइन्छ र यो सजिलै मात्रामा पानीमा मिसिनसक्छ। भारतभरी नै अहिले यसको समस्या तीव्र रुपमा बढिरहेको छ। ‘स्वत रुपमा युरेनियमको समस्या देखिएको छ तर, पानीका लागि आवश्यकभन्दा बढी पम्प गर्ने हाम्रो गतिविधिले युरेनियमलाई झन बढाएको छ,’ उनले भने। अझ भारतका कतिपय भागमा पानी तान्नका लागि अकुईफेर्स नामक मेसिनको प्रयोग भइरहेको छ र यसको प्रयोगले पानीको तहलाई घटाउने र युरनियमको मात्रालाई बढाउने कार्य गरिरहेको छ।
अध्ययनले मानवीय गतिविधिको कारणले नै पानीमा युरेनियमको मात्रा घटेको देखाएको छ। चेन्नईको अन्ना विश्वविद्यालयका जिओलोजिष्ट एलङो लक्ष्मणअनले यो नतिजा खासै नयाँ विषय नभएको बताए। उनले ग्रेनाइट जस्तो चट्टानका केही प्रकारमा युरेनियम पाइने र दक्षिण भारतमा यो सामान्य रहेको बताए। उनले केही इनारको पानीमा युरेनियमको मात्रा ६० युजि/एलभन्दामाथि रहेको पाइएको बताए। उनले विश्व स्वास्थ संगठनका तहभन्दामाथि युरोनियमको पाइए पनि अहिले नै यो ठूलो चिन्ताको विषय भइनसकेको बताए ।
उनले सरकार निकायले पानीको गुणस्तर मापदण्डको बारेमा केही पनि नगरेको र युरेनियमको बारेमा कुनै पनि सीमा नतोकेको बताए। ‘यो धेरै वर्ष अगाडि पत्ता लागेको विषय हो तर, सरकारी निकाय यस विषयमा चुप लागेर बसेका छन्,’ उनले भने। उनले केही वर्ष अगाडि यस विषयमा सरकारी निकायको ध्यानाकर्षण समेत गराएका थिए र एउटा सीमा तोक्न आग्रह समेत गरेका थिए। तर, उनको सुझावलाई सरकारी निकायले ध्यान दिएनन्।
युरेनियम बाहेक गुजरात र राजस्थानमा गरिएको अध्ययनले पानीमा अन्य केमिकल पनि उच्च रहेको देखाएको थियो। भेनगोसका अनुसार पानीको इनारको पानीको नियमित अनुगमन गर्ने र युरेनियमलाई रोक्न सक्ने चट्टानको प्रयोग गर्न सकिन्छ।
(दि वायरमा प्रकाशित समाचारकाे भावनुवाद)