बाढी बुलेटिन : पूर्वी नदीहरूमा बाढी आउने संभावना बढ्यो

काठमाडौँ – देशको पूर्वी भूभाग भएर बहने नदीहरूमा बाढी आउन सक्ने संभावना बढेको छ । जल तथा मौसम विज्ञान विभागको जलविज्ञान महाशाखा तथा बाढी पूर्वानुमान शाखाले जारी गरेको बाढी बुलेटिन अनुसार पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी आसपास चुरेबाट बहने साना नदीहरूमा एक्कासी बाढी आउन सक्ने संभावना रहेको छ ।

विभिन्न माध्यमबाट प्राप्त वर्षाको पूर्वानुमान अनुसार मंगलबार देशका धेरैजसो स्थानहरूमा मध्यम वर्षा तथा पूर्वी भागको सुनसरी, सप्तरी आसपास र पश्चिम भागमा केही स्थानहरूमा मध्यमदेखि भारी वर्षा हुने संभावना रहेको छ। तर कन्काई, कोसी, बाग्मती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली कुनैपनि नदीहरूमा बहाबले सतर्कता तह पार गर्ने संभावना देखिएको छैन्। तर सबै नदीहरूमा बहाब भने समान्य बढ्दो क्रममा रहेको बुलेटिनमा जनाइएको छ।
बुधबार र विहीबार कोसी, बाग्मती, नारायणी, बबई कर्णाली र महाकाली नदीहरूमा बहाबले सतर्कता तह पार गर्ने संभावना न्यून रहेको छ।

आगामी तीन दिन ठूला नदीहरूमा ठूलो बाढी जोखिम नदेखिएपनि पूर्वमा ठाडो नदी लगायत चुरेबाट बहने साना नदीहरूमा एक्कासी बाढी आउन सक्ने हुँदा सबैलाई सतर्क रहन आग्रह गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार