Monday, October 28, 2024

मुग्लिङ सडकमा फेरि अर्को पहिरो, सवारी आवागमन ठप्प

चितवन – नारायणगढ—मुग्लिङ सडकखण्डको चारकिलोको टोपो खोलामा मंगलबार बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ५ः२० बजे पहिरो खसेको हो । पहिरो पन्छाउने काम शुरु भए पनि पहिरो ठूलो भएकाले तीन÷चार घण्टा लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता शिव शर्मा आचार्यले बताए।

दुई दिनयता पानी परेसँगै सो सडकमा ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी रहेको छ जसका कारण यात्रु समयमा गन्तव्यमा पुग्न सकेका छैनन् ।

ताजा समाचार

सम्बन्धित समाचार