अहिले नयाँ प्रकारको लुटले देशका केही भागहरूमा एक किसिमको आतंक मच्चाइरहेको छ। त्यो लुट हो, जसले हाम्रो पर्यावरणको तीव्र विनास गरिरहेको छ र हाम्रो भावी पुस्तालाई स्वस्थ र समृद्ध जीवन निर्वाह गर्ने अधिकारबाट बन्चित गर्न खोज्दैछ।
त्यो नयाँ चोरले हाम्रो बहुमुल्य र पवित्र जमिनको बहुमुल्य र पवित्र माटो चोरिरहेको छ। डेली स्टार दैनिकको पछिल्लो एक रिपोर्ट अनुसार जमिनको माथिल्लो भागमा रहेको मलिलो र बहुमुल्य माटो इँटा बनाउन तीव्र रुपमा चोर्ने क्रम बढिरहेको छ। राम्रो मलिलो र उब्जनी हुने माटो बिस्तारै बाँझोमा परीणत भइरहेको छ, अनि यसले माटोको उत्पादकत्व पनि घटाइरहेको छ।इँटा उत्पादन गर्ने कम्पनी, राजनीतिक दल, अपराधीहरु र सम्भवत स्थानीय प्रशासन र प्रहरीको संलग्नतामा यो काम भइरहेको छ। विशेषत: चट गाउँको सतकैना क्षेत्रमा केही समययता अनाधिकृत रुपमा माटो निकाल्ने काम भइरहेको छ।
कानूनले कृषियोग्य जमिन, पहाड र सीमसार क्षेत्रको माटो संकलन गर्न रोकेको छ। तर, सो नीति कार्यान्वयन भएको छैन। वास्तवमा कृषि योग्य जमिनको नजिकमा इँटा भट्टा पनि निर्माण गर्न पाइदैन तर, सो कानुनी प्रावधानको कार्यान्वयन भने भएको छैन। यसले हामीले प्रश्न बाध्य गर्न बनाएको छ, हाम्रो भावी पुस्ताको अधिकार लुट्नलार्इ हामीले के गरिरहेका छौ, यो?
मलाई लाग्छ, हामीले हाम्रो भावी पुस्ताको पानीलाई पनि लुटिरहेका छौं। निरन्तर रुपमा, कुनै विचार नगरिकन, निर्दयी र योजनाविहीन ढंगले हामीले जमिन मुनिको पानी तानिरहेका छौं। जसले गर्दा पानीको स्रोत सुकिरहेकाे छ। जसले गर्दा पानीको तह निरन्तर रुपमा घटिरहेको छ। धेरै जिल्लामा स्यालो ट्युबबाट पानी नआउने भएपछि झन गहिरो इनार खनेर कृषकहरुले कृषिका लागि पानी तानिरहेका छन् । योसँगै स्वच्छ पानीको संकट पनि गहिरिदै गएको छ।
अनि हामी नयाँ पुस्ताको स्वच्छ हावा लिन पाउने अधिकार पनि लुटिरहेका छौं। हामीले शहरी भुभागको स्वच्छ हावालाई प्रदूषित बनाएर स्वच्छ हावा लिन पाउने हाम्रो बालबालिकाको अधिकारलाई लुटिरहेका छौं। ढाका अहिले दिल्ली र कायरोपछि विश्वको तेस्रो प्रदूषत सहरको रुपमा रहेको छ। विश्व स्वास्थ संगठनका अनुसार वायु प्रदूषण एक विश्वव्यापी समस्या हो। र, विश्वको ९० प्रतिशतभन्दा बढी जनसंख्या कुन न कुनै रुपमा विशाक्त हावा फेर्न बाध्य छन्।
हामीले प्रकृतिको ध्वशं गुणात्मक र संख्यात्मक दुबै हिसाबले गरिरहेका छौं। खोला छेउछाउको जमिन मारिरहेका छौं।
हामीले यतिबेला हाम्रो सन्ततिको जंगलको अधिकार पनि लुटिरहेका छौं, उसले धेरै मुलुकहरुले सडक बनाउन, उद्याेगधन्दा स्थापना गर्न र सहरलाई विस्तार गर्न रुख काटिरहेका छन्। नयाँ विरुवा रोप्ने कुनै योजना बिना नै हामीले निरन्तर रुपमा रुख काटिरहेका छौं। र, जसले गर्दा विश्वमा नै बंगलादेश सबैभन्दा कम जंगल भएका मुलुकहरुमध्ये एक मुलुकमा रहेको छ। जसले आफ्नो निरंकुश शासन व्यवस्थालाई पुष्टि गर्न महाथिर मोडलको शासनको कुरा गरेको छ उसले महाथिर मोडलको शहरी योजना कार्यान्यवन गरोस् भन्ने कामना गर्दछु। जो क्वालाम्पुर क्षेत्रको भ्रमण गरिरहेको छ, जसले मैले भन्न खोजको कुरालाई सजिलै बुझनसक्छ।
हामीले नयाँ पुस्ताको सबैभन्दा ठूलो लुटेको चिज चाहि खोला तथा नदीहरु हुन्। हामीले यतिबेला खोलाको योजनावद्ध विनाश गरिरहेका छौं। खोला बिनाको बंगलादेशको कुनै अर्थ छैन। दुई बीचको सम्बन्ध हाम्रो अस्तित्वको आधारभूत यथार्थ हो। तर, यो स्पष्ट देखिएको, सामान्य, स्पष्ट रुपमा बुझ्न सकिने समस्याको समाधान गर्नेतर्फ हामी एकदमै लापरवाही गरिरहेका छौं। यो एउटा सामान्य यथार्थ हो कि हाम्रो भावी पुस्ताले स्वस्थ, सन्तुलित, समृद्ध भविश्यको सम्भावनालाई नष्ट गर्ने कार्यको हामीलार्इ जिम्मेवार ठान्नेछन्।
हामीले प्रकृतिको ध्वशं गुणात्मक र संख्यात्मक दुबै हिसाबले गरिरहेका छौं। खोला छेउछाउको जमिन मारिरहेका छौं। अनि पानीको गुणस्तर पनि नष्ट गरिरहेका छौं। वातावरण विभागका अनुसार ढाका वरीपरीका नदीहरु जैविक हिसाबले मरिसकेका छन्। पानीमा कम्तीमा हुनुपर्ने ५ प्रतिशत अक्सीजन हुनुपर्ने भएपनि एक प्रतिशतमा झरिसकेको छ। डेली स्टार पत्रिकाले यो ध्वंशकोबो बारेमा सयौं समाचार, विचार र सम्पादकीय प्रकाशित गरिसकेको छ। तर, हाम्रा कुनै पनि प्रयासले नतिजा दिन सकेको छैन। त्यसैले एकातिर हामी मध्य आय भएको मुलुकतर्फ अगाडि बढिरहेकोमा घमण्ड गरिरहेका छौं भने अर्काेतर्फ हामीलाई जीवन दिने प्रकृतिको नष्ट गरिरहेका छौं। यी दुबैलाई अगाडि बढाउन सम्भव छैन?
(बंगलादेशको डेली स्टारमा प्रकाशित समाचारको भावनुवाद)