Sunday, October 27, 2024

बाढी बुलेटिन : पूर्वी क्षेत्रका खोलाहरूको बहाब बढ्ने, खतरा तह पार हुने संभावना न्यून

काठमाडौँ – आइतबार देशको झापा, इलाम, ताप्लेजुङ, धनकुटा, ओखलढुंगालगायतका जिल्ला हुँदै बहने साना तथा ठूला खोला नालाहरूमा उल्लेख्य बहाब बढ्ने अनुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको जलविज्ञान महाशाखा तथा बाढी पूर्वानुमान शाखाले प्रकाशित गरेको बाढी बुलेटिनमा खोलाको बहाब बढे पनि खतरा तह पार हुने संभावना न्युन रहेको जनाइएको छ ।

त्यस्तै आइतबार, सोमबार र मंगलबार देशको पूर्वी र मध्य भूभागका धेरै स्थानमा र पश्चिमी पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको संभावना देखिएको छ । तर सोमबार र मंगलबार कोसी, बाग्मती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली जस्ता नदीहरूमा बाढी आउने संभावना न्युन छ ।

बाढी आउने संभावन कम भए पनि देशको पूर्वी र मध्य भूभागको पहाडी क्षेत्रबाट बहने स–साना खोला आसपास र पहिरोग्रस्त क्षेत्रमा भने सतर्क रहन सूचित गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार