Sunday, October 27, 2024

विश्वकपमा चीनको हरित प्रविधि

 काठमाडौं– यतिबेला फिफा विश्वकपको चर्चा निकै छ। एक उदाउँदो शक्ति चीनले भने विश्वकप खेलेको छैन् ।

तर, चीनले विश्वको सबैभन्दा ठूलो खेलकुदमा निकै योगदान गरिरहेको बताएको छ । कसरी ? चीनको सरकारी समाचार संस्था सिन्हा भन्छ, ‘चीनले विश्वकपलाई हरित र वातावरणमैत्री प्रविधि प्रदान गरेर योगदान गरिरहेको छ ।’ यस पटकको विश्वकपको एक प्रमुख विशेषता भनेको फिफाले पर्यावरणमैत्री खेलकुदको आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।

रसियाको स्थानीय आयोजक समितिले पनि हरियाली र दीर्घकालिन विश्वकपको आयोजना गरेको प्रतिबद्धता व्यक्त गरेको छ। रसियामा निर्माण गरिएका १२ वटा पर्यावरणमैत्री स्टेडियमहरूमा एउटा प्रविधि अपनाइएको छ जसले फोहोरको व्यवस्थापन र पुनःप्रयोग गर्न सकिन्छ जसले वातावरणमा पर्ने नकारात्मक असर कम हुने अपेक्षा गरिएको छ।’

यसबाहेक, खेलकुद भइरहेको क्षेत्रमा हरियो रंगको मेसिनहरू स्पष्ट रुपमा देख्न सकिन्छ जसले धेरैको ध्यानाकर्षण गरेको छ यसले प्लाष्टिकका बोटलहरूको संकलन गर्ने गर्दछ। यो प्रविधिको विकास चीनमा भएको हो।

चीनले निर्माणको गरेको हरित प्रविधिलाई रसियाको स्थानीय समुदायले निकै मन पराएको सो समाचारमा उल्लेख गरिएको छ। कुनै पनि प्लाष्टिकको बोटल प्रयोग गरेपछि जो कोहीले पनि हरियो मेसिनहरुलाई सजिलै देख्न सक्ने, त्यहाँ भण्डारण गर्न सक्ने र त्यो गरेमा पुरस्कार समेत प्राप्त गर्न सक्छन्। आठ वटा बोटलको प्रयोग गरेर एउटा राम्रो टिसर्ट निर्माण गर्न सकिन्छ।

ताजा समाचार

सम्बन्धित समाचार