Sunday, October 27, 2024

प्रतिघण्टा १५०० किलोमिटर कुद्ने रेल बनाउँदै चीन

काठमाडौं – चीनले प्रतिघण्टा १५०० किलोमिटर कुद्ने उच्च गतिको सुपर रेलको निर्माण गरिरहेको छ । चिनिया सरकारी पत्रिका दि ग्लोबल टाइम्सले उक्त कुरा उल्लेख गरेको छ ।

चेङदुमा रहेको जियाओतोङ विश्वविद्यालयले यसको परीक्षणको लागि आवश्यक पर्ने परीक्षण प्लेटफर्मको निर्माण गरिरहेको पनि सो पत्रिकाले उल्लेख छ ।

परीक्षणको लागि १५०० मिटर खाली टनेलको निर्माण कार्य भइरहेको छ । सन् २०२१ को अप्रिलसम्म यसको परीक्षण हुने जनाइएको छ । सो रेल अमेरिकाले निर्माण गरेको उच्च गतिको रेलसँग प्रतिस्पर्धा गर्ने सो विश्वविद्यालयले जानकारी दिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार