Sunday, October 27, 2024

पत्रपत्रिकामा आज : जनताकै लगानीबाट जदविद्युत, घर–घरमा खानेपानी, स्थानीयवासी दंग

काठमाडौँ – आजका पत्रपत्रिकाले विकास निर्माण र वातावरणीय मुद्दाका विषयका समाचारलाई प्राथमिकताका साथ छापेका छन् । जनताकै लगानीबाट जलविद्युत, घर–घरमा खानेपानी, स्थानीयवासी दंग, बाढीले पाइप बगाएपछि खानेपानीको समस्या, बजार अनुगमन तीव्रः अखाद्य वस्तु विक्री गरेको आरोपमा दुई व्यापारी पक्राउ लगायतका शिर्षकमा समाचार छापिएकाे छ।

गोरखापत्र
आजको गोरखापत्रमा जनताकै लगानीबाट जलविद्युत भन्ने शिर्षकमा समाचार प्रकाशित भएको छ । प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारले जनताको लगानीबाट जलविद्युत आयोजना निर्माण गर्नसक्ने बताएका समाचारमा उल्लेख छ ।

त्यस्तै घर–घरमा खानेपानी, स्थानीयवासी दंग शिर्षकमा अर्को समाचार प्रकाशित भएको छ । धनगडीमाइ नगरपालिकाको लोकमार्गदेखि उत्तरमा पर्ने सातवटै वडामा खानेपानीको विकराल समस्या समाधान गरेको नगरपालिकाले जनाएको छ । खानेपानीको समस्या समाधान भएपछि स्थानीय पनि खुसी देखिएका समाचारमा उल्लेख छ।

नयाँ पत्रिका
आजको नयाँ पत्रिकामा बाढीले पाइप बगाएपछि खानेपानीको समस्या शिर्षकमा समाचार छापिएको छ । बाढीले खानेपानी पाइप बगाएपछि सर्लाहीको चुरेभेगमा पर्ने कालिन्जोरमा खानेपानीको समस्या भएको छ । झन्डै तीन साताअघि वर्षापछि बाँके खोलामा आएको बाढी पाइप बगाउँदा ईश्वरपुर नगरपालिका १२ का करिव डेढ सय घरधुरी पिउने पानीको अभाव समाचारमा उल्लेख छ ।

त्यस्तै बजार अनुगमन तीव्रः अखाद्य वस्तु विक्री गरेको आरोपमा दुई व्यापारी पक्राउ शिर्षकमा अर्को समाचार प्रकाशित भएको छ । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विहीबार बजार अनुगमनका क्रममा दुई थोक खाद्यन्न व्यापारीलाई पक्राउ गरेको समाचारमा उल्लेख छ ।

नेपाल समाचारपत्र
नेपाल समाचारपत्रमा चिनियाँ रेल पक्का शिर्षकमा समाचार शिर्षकमा समाचार प्रकाशित भएको छ । चीनको केरुङ हुँदै काठमाडौँ जोड्ने रेलमार्ग निर्माणसहित अन्य परियोजनामा चिनियाँ सहयोगसम्बन्धी सम्झौता भएको छ । विहीबार द्विपक्षीय सम्झौता भएपछि निकै चर्चाको विषय बनेको केरुङ–रसुवा–काठमाडौँ रेलमार्ग जोडिने तय भएको समाचारमा उल्लेख छ ।

कान्तिपुर
अाजकाे कान्तिपुर दैनिकले दरबार क्षेत्रका विद्यालयका पुनर्निर्माण अन्याेल शिर्षकमा समाचारमा छापेकाे छ ।  भूकम्पले क्षतिग्रस्त पद्म माविमा अध्ययनरत विद्यार्थी अस्थायी टहरामा पढ्न बाध्य छन् । भूकम्प गएकाे करिब ३८ महिनासम्म पनि क्षतिग्रस्त विद्यालय पुनर्निर्माणकाे टुंगाे नलागेकाे पद्म माविका प्रधाध्यपक राम हाडा बताउँछन् । सरकारले यसलार्इ नमुना विद्यालयमा समेत छनाेट गरेकाे समाचारमा उल्लेख छ।

नागरिक 
अाजकाे नागरिकमा चुेर फेदमा खानेपानीकाे हाहाकार शिर्षकमा समाचारमा छापिएकाे छ । बाढीले खानेपानीकाे पाइप बगाएपछि सर्लाहीकाे उत्तरी चुरे क्षेत्रस्थित कालिन्जाेरका डेढ सय घरधुरीमा खानेपानीकाे हाहाकार भएकाे छ । झन्डै तीन साताअघि बाँके खाेलामा अाएकाे बाढी खानेपानी अायाेजनाकाे पाइप बगाउँदा उक्त क्षेत्रका गाउँमा खानेपानीकाे हाकाहार भएकाे समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार