Sunday, September 22, 2024

काठमाडौंमा विद्युतीय कार्गो रेल पुर्‍याउन चीनसँग सम्झौता

AFP/RSS

काठमाडौं– नेपाल र चीनबीच केरुङ–काठमाडौं विद्युतीय रेल जोड्नेसहित १० वटा सम्झौतामा हस्ताक्षर भएको छ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी ली खछ्याङबीच बिहीबार भएको भेटवार्तापछि प्रतिनिधिमण्डलस्तरीय वार्तामा ‘ट्रान्स हिमालय कनेक्टिभिटी’ अन्तर्गत रेलमार्ग निर्माणलगायतका विषयमा सम्झौता भएको हो। यसैगरी, थप ४ विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ।

रेलसम्वन्धी सम्झौतामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र चिनियाँ उप विदेशमन्त्री कङ वान यूको हस्ताक्षर छ।

गत जेठमा चाइना रेलवे फर्स्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटका अधिकारी नेपाल आएर रेलमार्गको अध्ययन गरिसकेका छन्। पूर्वसम्भाव्यता अध्ययनको प्रतिवेदन आगामी अगस्टमा आउने जनाइएको छ।

यसैगरी, ऊर्जा क्षेत्रमा आर्थिक तथा प्राविधिक साझेदारी सम्बन्धि सम्झौतामा उmर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बर्षमान पुन र उप विदेशमन्त्री कङ वान युले हस्ताक्षर गरेका छन्, भने रसुवागढी र तातोपानीमा नेपाल–चीन मैत्री पुल पुनर्निर्माण सम्बन्धि सम्झौतामा परराष्ट्र सचिव शंकरदास वैरागी र चीनका उपविदेशमन्त्री कङले हस्ताक्षर गरेका छन्।

नेपाल र चीनबीच तिब्बतका राजमार्ग नेपालले प्रयोग गर्न पाउने सम्झौतामा पनि हस्ताक्षर भएको छ।

ताजा समाचार

सम्बन्धित समाचार