Sunday, October 27, 2024

पत्रपत्रिकामा आज : पहिरो पन्छाउँदै गाडी चलाउँदै, क्षारीय वर्षाले नकारात्मक असर 

काठमाडौँ – आजका पत्रपत्रिकाहरूले विकासका तथा वातावरणीय मुद्दाका विभिन्न विषयलाई समाचारमा छापेका छन् । पहिरो पन्छाउँदै गाडी चलाउँदै, क्षारीय वर्षाले स्वास्थ्यमा नकारात्मक असर, बेमौसमी तरकारीले किसानलाई घाटा, फेवातालको आइल्याण्ड भत्काउन आदेश, वन्यजन्तु हेर्दै र्याफ्टिङ  लगायतका शिर्षकमा समाचार प्रकाशित भएकाे छ।

अन्नपूर्ण पोस्ट
– आजको अन्नपूर्ण पोस्टमा पहिरो पन्छाउँदै गाडी चलाउँदै शिर्षकमा समाचार छापिएको छ । पाथीभरा याङरक गाउँपालिकाको दोश्रो सार्वजनिक सुनुवाइका लागि सहभागी लिएर सदरमुकामबाट हिँडेका चालक धनबहादुर विक खोक्से खोलाछेउ सडक पहिरोले अवरुद्ध भएपछि तीन घण्टा रोकिए । दर्जनौँ ठाउँमा खसेका पहिरो यात्रुको सहयोगमा पन्छाउँदै त्यहाँ पुगेका उनी अगाडि बढ्न सकेनन्। यात्रु थप डेढ घण्टा हिँडेर कार्यक्रममा सहभागी भए । सदरमुकामबाट अरु बेला गाडीमा एक घण्टामा पुगिने भए पनि पहिरो पन्छाउँदै जानुपर्दा पाँच घण्टा लागको समाचारमा उल्लेख छ ।

त्यस्तै बेमौसमी तरकारीले किसानलाई घाटा शिर्षकमा अर्को समाचार प्रकाशित भएको छ । बाँकेका बेमौसमी व्यवसायिक तरकारी उत्पादक किसान जलवायु परिवर्तनका कारण बर्सेनी घाटा बेहोर्न बाध्य छन् । उनीहरूले गर्मी र जाडो दुबै सिजनका बेमौसमी तकारी उत्पादनमा समस्या झेलिरहेको समाचारमा उल्लेख छ ।

त्यस्तै फेवातालको आइल्याण्ड भत्काउन आदेश शिर्षकमा समाचार छापिएको छ । पोरखा लेखनाथ महानगरपालिका र वडा कार्यालयबीच समन्वय नहुँदा वडा कार्यालयको प्रत्यक्ष लगानीमा बनेको संरचना महानगरले भत्काउने आदेश दिएको समाचारमा उल्लेख छ ।

त्यसैगरी वन्यजन्तु हेर्दै र्याफ्टिङ शिर्षकमा अर्को समाचार प्रकाशित भएको छ । बेलायती राजकुमार ह्यारीले नेपाल भ्रमणमा आएका बेला बर्दियाको जैविक विविधताले उनको मन खिचेको थियो । राजकुमार ह्यारीले हेलिकोप्टरबाट बर्दिया राष्ट्रिय निकुञ्जमा ओर्लिएर बाघ अनुगमन गर्ने क्यामेरामा ट्रयापिङ प्रविधिको अनुगमन गरे । विशिष्ट पाहुना ह्यारीसहितको टोली बर्दिया राष्ट्रिय निकुञ्ज भित्र खौराहा खोलामा र्याफ्टिङ गरेको समाचारमा छापिएको छ ।

नागरिक 
– अाजकाे नागरिकमा क्षारीय वर्षाले स्वास्थ्यमा नकारात्मक असर शिर्षकमा समाचार छापेकाे छ । गत साता देशभर परेकाे क्षारीय वर्षा र वायुमण्डलमा परेकाे प्रभावकाे असर जनस्वास्थ्यमा पर्न सक्ने वातावरणविद् र चिकित्सकहरूले अाैँल्याएका छन् । नेपालका पश्चिमदेखी पूर्वी भूभागमा परेकाे धुलाे मिश्रित पानी भारतकाे राजस्थानबाट उडेर वायुमण्डल हुँदै नेपालभरि फैलिएकाे थियाे । पश्चिम बंगालकाे हावाका कारण वर्षा हुनु र त्यही वायुमण्डलमा राजस्थानकाे धुलाे मिसिँदा गत शुक्रबारदेखि केही दिनसम्म क्षारीय वर्षा भएकाे समाचारमा उल्लेख छ ।

कान्तिपुर
– आजको कान्तिपुरमा स्वास्थ्य केन्द्रमा औषधि अभाव शिर्षकमा समाचार छापिएको छ । जिल्लाका १० स्थानीय तहमध्ये कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र चौरपाटी गाउँपालिकाका स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ । यहाँका बासिन्दाले बिरामी हुँदा निजी क्लिनिकबाट औषधि किन्नुपर्ने बाध्यता अझै टरेको छैन । झाडापखाला भएपछि वीरपथ स्वास्थ्य चौकी पुगेकी कमलबजार नगरपालिका ६ कि रम्भा भण्डारीले जीवनजलसमेत नपाएको गुनासो गरिन् । ‘पैसा हुनेले पो मेडिकलबाट औषधि किन्न सक्छन् । गरिबले कसरी किन्ने रु सरकारले पनि दुस्ख दिने रैछ,’ उनले भनिन् । चेकजाँच स्वास्थ्य चौकीमा गर्ने र मेडिकलबाट औषधि किन्न कमलबजार र मंगलसैन धाउनुपर्ने बाध्यता रहेको उनले बताइन् । स्वास्थ्य संस्थामा अनिवार्य हुनुपर्ने जीवनजल, सिटामोल, मेट्रो, डिपोसमेत नहुँदा बिरामी मर्कामा पर्ने र आफूलाई पनि असजिलो हुने अनमी गीता साउद बताउँछिन् । ‘स्वास्थ्य चौकीमा ८ जना छौं । औषधि छैन । खालि चेकअप गराउने काम मात्र हुन्छ,’ उनले भनिन् । गर्मी मौसममा दैनिक ३० भन्दा बढी बिरामी आउने गरेको उनले बताइन् । तर कमलबजार नगरपालिकाको स्वास्थ्य शाखाले औषधि अभाव नभएको बताएको समाचारमा उल्लेख छ ।

राजधानी
–आजको राजधानीमा खाँचीकोटका ५६ घर पहिरोको उच्च जोखिममा शिर्षकमा समाचार प्रकाशित भएको छ । सन्धिसर्क नगरपालिका ९ खाँचीकोट भुजुंगेमा जमिन भासिएपछि ५६ घर पहिरोको उच्च जोखिममा परेका छन् । वर्षात्को समयमा जमिन भासिने क्रम बढेपछि स्थानीय त्रासमा छन् । धेरै वर्षअघि नै जमिन भासिएको भए पनि यस वर्ष अत्याधिक वर्षा भएकाले जोखिम अझ बढेको हो । बर्खाको समयमा भात्र नभएर हिउँदमा समेत जमिन भासिने गरेको स्थानीले बताएको समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार