Sunday, October 27, 2024

पूर्वखोलाको जल्पामा आश्चर्यजनक गुफा फेला

रामपुर–पाल्पाको पूर्वखोला गाउँपालिका–२, जल्पाको साकिनेमा आश्चर्यजनक प्राकृतिक गुफा फेला परेको छ।

स्थानीयवासी अनबहादुर सारुले मकै छर्ने क्रममा जोत्दै गर्दा हलगोरु नजिकको ओढारमा पसेपछि गुफा फेला परेको हो। आश्चर्यजनक रुपमा आकर्षक चित्र आकारमा प्राकृतिक उपहारको रुपमा गुफा भेटिएको स्थानीय पत्रकार दिल्लीराज पंगेनीले जानकारी दिए।

विभिन्न प्राकृतिक दृश्य, जंगली जनावर, पशुपक्षीको आकृति एवं कलकल छाँगाको आकृति तथा रेसा भएको आश्चर्यजनक गुफालाई आन्तरिक एवं बाह्य पर्यटकीय विकास गर्न प्रारम्भिक अध्ययनका लागि जनप्रतिनिधिको टोलीले अध्ययन अवलोकन गरेको छ।

पूर्वखोला गाउँपालिका–२ का वडाध्यक्ष निरबहादुर सारुसहितको टोलीले स्थलगत अध्ययन अवलोकन गरेको छ। टोलीले अध्ययनको प्रतिवेदन गाउँपालिकामा पेश गरी पर्यटकीय क्षेत्रका रुपमा गुफाको विकास योजना तयार गर्ने गाउँपालिकाले जनाएको छ। रासस

ताजा समाचार

सम्बन्धित समाचार