Sunday, October 27, 2024

पत्रपत्रिकामा अाज : बाग्मती संरक्षणमा सर्वोच्चको चासो, विकासले निम्त्याएकाे विनाश

काठमाडाैँ –आज प्रकाशित विभिन्न पत्रपत्रिकाले वातावरणीय मुद्दाका विभिन्न विषयलाई समाचार बनाएका छन् ।  आजको पत्रपत्रिकाले वनमा सञ्चारको उच्च प्रविधि प्रयोग, बाढीमा बच्ने उपाय सिक्दै सप्तरीवासी, वर्षा अगावै नाला निर्माण गर्न ठेकेदारलाई निर्देशन, बाग्मती संरक्षणमा सर्वोच्चको चासो, विकासले निम्त्याएकाे विनाश, देशभर मनसुन सक्रिय हुन ढिलाइ लगायतका शिर्षकमा समाचार छापेका छन् ।

गोरखापत्र दैनिक
–आजको गोरखापत्रमा वनमा सञ्चारको उच्च प्रविधि प्रयोग शिर्षकमा समाचार छापिएको छ । वैज्ञानिक वन व्यवस्थापनका क्रममा जिल्ला वन कार्यालय, नवलपरासीले काठको हिसाब व्यवस्थापनका लागि सञ्चारको उच्च तक्निकी प्रयोग गरेको छ । वैज्ञानिक वन व्यवस्थापनको कार्ययोजनाअन्तर्गत काटिएका रुख, ती रुखबाट बनाइएका गोलिया एवं काट्न तयार राखिएका सबै रुखको अनुगमनका लागि जिल्ला वन कार्यालय नवलपरासीले आधुनिक सञ्चार टेक्नोलोजीको प्रयोग गरी अनलाइन ट्रेकिङ सिस्टमबाट अनुगमन गर्ने व्यवस्था मिलाइएको नवलपरासी जिल्ला वन अधिकृत विजयराज सुवेदीले बनाएको समाचारमा उल्लेख छ ।

त्यस्तै बाढीमा बच्ने उपाय सिक्दै सप्तरीवासी भन्ने शिर्षकमा अर्को समाचार छापिएको छ । पूर्वानुमानमा आधारिट बाढी पूर्व तयारी कार्य सञ्चालन विधि मस्यौदा छलफल तथा कृतिम अभ्यासम्बन्धी सरोकारवाला निकायसँग अन्तक्र्रिर्या कार्यक्रम सम्पन्न गरेको समाचारमा उल्लेख छ ।

त्यस्तै वर्षा अगावै नाला निर्माण गर्न ठेकेदारलाई निर्देशन शिर्षकमा पनि अर्को समाचार छापिएको छ ।

आर्थिक अभियान
– आजको आर्थिक अभियानमा कर्णालीको बजेट : त्रिदेशीय सडकलाई बेवास्ता भन्ने शिर्षकमा समाचार छापिएको छ । कर्णाली प्रदेश सरकारले भारत–नेपाल–चीन(तिब्बत) जोड्ने हालसम्मकै छोटो र सजिलो मानिएको सडकलाई बेवास्ता गरिएको समाचारमा उल्लेख छ ।

राजधानी
– आजको राजधानीमा बाग्मती संरक्षणमा सर्वोच्चको चासो शिर्षकमा समाचार प्रकाशित भएको छ । सर्वोच्च अदालतले बाग्मती नदी सभ्यतालाई समेट्ने गरी ६ महिनाभित्र विस्तृत कार्ययोजना पेस गर्न सरकारलाई निर्देशन दिएको छ । बाग्मती नदी तथा त्यसको आसपासका नदीहरूको संरक्षण तथा फोहोरमैला व्यवस्थापनको विषयमा सर्वोच्चले प्रधानमन्त्री कार्यालयदेखि फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रसमेतलाई अदालतमा उपस्थित हुने आदेश दिएको समाचारमा उल्लेख छ ।

नेपाल समाचारपत्र
– अाजकाे समाचार पत्रमा विकासले निम्त्याएकाे विनाश शिर्षकमा समाचारमा छापिएकाे छ । लगातारकाे वर्षासँगै गएकाे पहिराेका कारण पर्वतकाे एक विकट गाउँका ८ घर विस्थापित भएका छन् । पर्वतकाे महाशिला गाउँपालिका ५ लुंखुदेउरालीस्थित कुसुनडाँडाका ८ ङर दीर्घकािलिनरूपमै विस्थापित हुने भएका हुन् । गत शनिबार परेकाे वर्षासँगै गएकाे पहिराेमा परी ३ घर पूर्णरूपमा क्षति पुगेकाे छ भने बाँकी ५ घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेकाे वडाध्यक्ष जीवनविक्रम उच्चैले जानकारी दिए । हिउँदमा खनिएकाे माेटरबाटाेका कारण पहिराे जाँदा बस्ती नै जाेखिममा परेकाे हाे । पहिराेले स्थानीय शिक्षक छवि अधिकारीकाे गाेठ र माेटरसाइकलमा पूर्ण क्षति भएकाे समाचारमा उल्लेख छ ।

नयाँ  पत्रिका 
–नयाँ पत्रिकामा देशभर मनसुन सक्रिय हुन ढिलाइ शिर्षकमा समाचार प्रकाशित भएकाे छ । पूर्वी नेपालबाट जेठ २५ मा प्रवेश गरेकाेद मनसुन देशैभर अझै सक्रिय हुन सकेकाे छैन् । कमजाेर रूपमा मनसुन नेपाल प्रवेश गरेकाे कारण सक्रिय हुन ढिलाइ भएकाे जल तथा माैसम विज्ञान  विभाग पूर्वानुमान महाशाखाले जनाएकाे समाचारमा उल्लेख छ ।

नागरिक 
–नागरिकमा दुर्इ महिनामै भत्किए ग्रामीण सडक शिर्षकमा समाचार प्रकाशित भएकाे छ । हतारमा काम गर्दा सिन्धुलीका ग्रामीण सडक बनिनसक्दै भत्किन थालेका छन् । यहाँकाे विपी राजमार्गस्थित पिपलभञ्जयाङबाट बस्तीपुर हायुटार जाने निर्माणाधीन अवस्थामै भत्किएकाे समाचारमा उल्लेख छ ।

कान्तिपुर
– अाजकाे कान्तिपुरले ७४ प्रतिशत जारकाे पानी दूषित शिर्षकमा समाचारमा छापेकाे छ । सर्वसाधारणले उपभाेग गर्ने जारकाे पानीमा दिसामा पाइने जीवाणु(इकाेलार्इ) भेटिएकाे छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले गरेकाे अध्ययन–परीक्षणमा करिब ७४ प्रतिशत जारकाे पानीमा उक्त जीवाणु फेला परेकाे समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार