Sunday, October 27, 2024

पत्रपत्रिकामा आज : टाेलटाेलमा सडक, छियाछिया पहाड, थपिए नयाँ हवाई प्रवेश विन्दु

काठमाडौँ – आजका पत्रपत्रिकाहरूले दैशभर भएको हिलो वर्षाको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । साथै दोहोरिन सक्छ हिलाम्य वर्षा, थपिए नयाँ हवाई प्रवेश विन्दु, अरुण तेश्रोको बाँधमा चार बेपत्ता, चुरे क्षेत्रका प्राकृतिक ताल संकटमा, टाेलटाेलमा सडक, छियाछिया पहाड शिर्षकमा लगायका समाचार छापेका छन् ।

नेपाल समाचारपत्र
– नेपाल समाचारपत्रमा ‘दाेहाेरिन सक्छ हिलामे वर्षा’ शिर्षकमा समाचार प्रकाशित भएकाे छ । शुक्रबार साँझपछिकाे वर्षा अन्य दिनकाे भन्दा फरक रह्याे, घर र अासपासका बाेट–बिरूवा हिलाम्मे भएका छन् भने अन्य सामाग्रीमा समेत हिलाे, धूलाे र मैला लागेकाे छ । हिलाे वर्षा भएपछि यस्ताे कसरी भयाे, कहाँ के भयाे भन्नेमा धेरैलार्इ खुलदुली जागेकाे छ । वर्षाले वायुमण्डलमा रहेकाे प्रदूषण र धूँवा–धूलाे झारेपछि यस्ताे असर देखिएकाे माैसमविद्हरू बताउँछन् । भारतकाे राजस्थान अासपासकाे मरूभूमिमा केही दिनदेखि चलेकाे हुरीले नेपालकाे वायुमण्डलमा भित्र्याएकाे धूलाेकाे कणलार्इ वर्षाले पखाल्दा यस्ताे प्रभाव देखिएकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे समाचारमा उल्लेख छ ।

कान्तिपुर दैनिक
– अाजकाे कान्तिपुरले दैशैभर हिलाे वर्षा शिर्षकमा समाचार प्रकाशित गरेकाे छ । राजस्थानकाे मरूमूमिमा केही दिनदेखि चलेकाे धुलाेकाे हुरी (डस्ट स्ट्राेम) नेपालकाे वायुमण्डलमा प्रवेश गरेपछि बिहीबारदेखि हिलाे वर्षा भएकाे समाचारमा उल्लेख छ ।

नागरिक दैनिक
–अाजकाे नागरिक दैनिकले ‘देशभर क्षारीय धमिलाे वर्षा’ शिर्षककाे समाचार प्राथमिकताका साथ प्रकाशित गरेकाे छ । केही दिनयता काठमाडाैँ उपत्यकालगायत देशका अधिकांश भागमा धमिलाे वर्षा भएकाे छ । जल तथा माैसम पूर्वानुमान महाशाखाका अनुसार भारतकाे राजस्थान अासपास मरूभूमिमा चलिरहेकाे हावाहुरीकाे असरले नेपालमा धमिलाे वर्षा भएकाे समाचारमा उल्लेख छ ।

त्यस्तै नागरिकमै ‘टाेलटाेलमा सडक, छियाछिया पहाड शिर्षकमा’ समाचार प्रकाशित भएकाे छ । गत वर्ष उत्तरी फालेलुङ गाउँपालिकामा पहिराेमा परी दुर्इ जनाकाे ज्यान गयाे भने दुर्इजना बेपत्ता भए । सडक अासपासमा गएकाे पहिराेले गाउँबाट सयाैँ विस्थापिक बने । पहाडमात्र भत्काएर बनाइएकाे सडक अासपासका जमिनमा पहिराे जाँदा जनधनकाे क्षति भएकाे थियाे ।

नयाँ पत्रिका 
– नयाँ पत्रिकामा चुरे क्षेत्रका प्राकृतिक ताल संकटमा शिर्षकमा समाचार प्रकाशित भएकाे छ । कञ्चनपुरकाे चुरे क्षेत्रका प्राकृतिक तालतलैया संकटमा परेका छन् । वेदकाेट र भीमदत्त नगरपालिकाकाे चुरे क्षेत्रका दर्जनाैँ प्राकृतिक तालतलैया सुक्दै र पुरिँदै गएका हुन्। यसले प्राकृतिक तालतलैया लाेप हुने अवस्था सिर्जना भएकाे छ । उचित संरक्षणकाे अभावमा सुन्दर प्राकृतिक तालतलैया सुक्दै गए पनि सम्बन्धित निकायले चासाे नदेखाएकाे समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पाेस्ट
– अन्नपूर्ण पाेस्टमा ‘थपिए नयाँ हवाइ प्रवेश विन्दु शिर्षकमा’ समाचार प्रकाशित भएकाे छ । पूर्व तथा पश्चिम  दिशा हुँदै नेपाल अाउने जहाजकाे लागि चार वटा नयाँ प्रवेश विन्दु थपिएका छन् । अन्तर्राष्ट्रिय उडानमा नेपाललार्इ थप प्रवेश मार्ग उपलब्ध गराउने विषयमा भारतीय पक्ष सहमत भएसँगै नयाँ रूट थपिएकाे नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिएकाे समचारमा उल्लेख छ ।

त्यस्तै अन्नपूर्णमै अरूण तेश्राेकाे बाँधमा चार बेपत्ता शिर्षकमा अर्काे समाचार प्रकाशित भएकाे छ । अरूण तेश्राे परियाेजनाकाे बाँध निर्माणस्थलमा पहिराे खस्दा दुर्इ भारतीयसहित चारजना सुरूङभित्रै थुनिएर बेपत्ता भएकाे समाचारमा उल्लेख छ । त्यस्तै ‘राजस्थानी धुलाेले धमिलाे वर्षा’ शिर्षकमा पनि समाचार प्रकाशित भएकाे छ ।

ताजा समाचार

सम्बन्धित समाचार