Sunday, October 27, 2024

बाढी बुलेटिन : खोलानाला र पहिरोग्रस्त क्षेत्रमा सतर्क रहौँ

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागको जलविज्ञान महाशाखा तथा बाढी पूर्वानुमान शाखाले बाढी बुलेटिनको सुरु गरेको छ।

मनसुनका समयमा हुन सक्ने प्राकृतिक विपद्मा बच्न र क्षति कम गर्न नेपाल सरकारले जल तथा मौसम विज्ञान विभागमार्फत बाढी बुलेटिन सुरु गरेको हो ।

बुलेटिनका अनुसार देशका सबै प्रमुख नदीहरूमा जलसहत सामान्य अवस्थामा रहेको जनाइएको छ । त्यस्तै विभिन्न माध्यमबाट प्राप्त वर्षाको पूर्वानुमान अनुसार शुक्रबार, शनिबार र आइतबार देशेको पूर्वी र मध्य भूभागका धेरैजस्तो स्थानमा र पश्चिमी भूभागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको संभावना देखिएको छ।

त्यसैगरी शुक्रबार देशका कुनैपनि प्रमुख नदीहरूमा बहाब उच्च हुने संभावन छैन् । काठमाडौँ आसपास र त्यस भन्दा पूर्वका पहाडी क्षेत्रमा हल्का देखि मध्यमसम्मको वर्षाको संभावना भएकाले पहाडी क्षेत्रका विशेष गरी ताप्लेजुङ, इलाम, तेह्रथुम, संखुवासभा, ओखलढुंगा, दोलखा जिल्ला लगायतबाट प्रवाह हुने सबै स–साना खोलानालाहरूमा आकस्मिक बाढीको सम्भावना समेत देखिएको छ।

देशको पूर्वी र मध्य भूभागको पहाडी क्षेत्रबाट बहने स–साना खोला आसपास सतर्क अपनाइराख्न पनि बुलेटिनमा आग्रह गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार