Sunday, October 27, 2024

पत्रपत्रिकामा आज : ३० माइक्रोनभन्दा तलका प्लास्टिक उत्पादन गरे उद्योग दर्ता खारेज, चाैरीमाथि निर्दयी नबन्न अादेश

काठमाडौँ – आजका पत्रपत्रिकाले निजी वनका साल काट्न दिऔँ, ३० माइक्रोनभन्दा तलका प्लास्टिक उत्पादन गरे उद्योग दर्ता खारेज, विपद् प्रतिरोध तयारी कमजोर, चाैरीमाथि निर्दयी नबन्न अादेश लगायतका शिर्षकमा समाचार प्रकाशित गरेको छ ।

कान्तिपुर
– आजको कान्तिुपरले ‘निजी वनका साल काट्न दिऔँ’ भन्ने शिर्षकमा समाचार प्रकाशित गरेको छ । व्यक्तिका वनमा भएका सालका रुख काट्न लागइएको प्रतिबन्ध फुकुवा गर्न सरकारद्वारा गठिन कार्यदलले सुझाव दिएको छ । वन क्षेत्रबाट हुने काठ/दाउरा संकलन एवम् वितरण सम्बन्धमा सुझाव पेश गर्न गठित कार्यदलले वन तथा वातावरण मन्त्रालयलाई त्यस्तो सुझाव दिएको समाचारमा उल्लेख छ ।

नागरिक
– नागरिक दैनिकले ‘३० माइक्रोनभन्दा तलका प्लास्टिक उत्पादन गरे उद्योग दर्ता खारेज’ शिर्षकमा समाचार छापेको छ। सरकारले ३० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक उत्पादन गर्ने उद्योगको नविकरण रोक्ने तथा उद्योगको दर्ता खारेजी गर्नेसम्मको तयारी गरेको छ । वातावरण मन्त्रालयलले हालै सार्वजनिक गरेको नेपाल स्वच्छ वातावरण महाअभियान प्रभावकारी बनाउने वातावरण विभागले यस्तो तयारी गरेको समाचारमा छापिएको छ ।

त्यस्तै नागरिकमा विपद् प्रतिरोध तयारी कमजोर भन्ने शिर्षकमा अर्को समाचार प्रकाशित भएको छ । गोरखा भूकम्पजस्तो ठूलो प्राकृतिक विपद् झेलिसक्दा पनि भूकम्प प्रभावित ग्रामीण क्षेत्रमा सो खालका विपद् भएमा त्यसको सामना गर्ने तयारी कमजोर रहेको विज्ञहरूले बताएको समाचारमा उल्लेख छ ।

अन्नपूर्ण पाेस्ट
– अन्नपूर्णा पाेस्टले ‘चाैरीमाथि निर्दयी नबन्न अादेश’ शिर्षकमा समाचार प्रकाशित गरेकाे छ । सर्वाेच्च अदालतले परम्पराकाे नाममा चाैँरी गार्इमाथि हुने निर्दयी कार्य राेक्ने उपायबारे अध्ययनसहित सुझावका लागि विज्ञ समिति गठन गर्न सकारलार्इ अादेश दिएकाे छ । सर्वाेच्चले एक वर्षभित्रै चाैँरी संरक्षणका लागि अावश्यक अध्ययन गर्न भनेकाे समाचारमा उल्लेख छ ।

गाेरखापत्र 
–अाजकाे गाेरखापत्रले अर्घाखाँची जाेड्ने सडकमा कालाेपत्रे शिर्षकमा समाचार छापेकाे छ । अर्घाखाँची जाेड्ने कच्ची सडकमा कालाेपत्रे गर्न थालिएकाे छ । १९ किलाेमिटर लामाे खलंगा–जाेगीटारी–अर्घाखाँची सडक स्तराेन्नतिसहित अहिले कालाेपत्रे(वटासिल) काे काम सुरू भएकाे समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार