Sunday, October 27, 2024

दिल्लीमा लगातर तेस्रो दिन पनि तिव्र प्रदूषण

काठमाडौं – धुलो सहित चलेको हावाहुरी र आँधीका कारण भारतको राजधानी नयाँ दिल्लीको वायुको गुणस्तर खस्किएको छ ।
आज लगातार तेस्रो दिनपनि दिल्लीको प्रदूषणमा कुनै पनि सुधार आएको छैन् । सरकारी अधिकारीहरुले प्रदूषण यो हप्ताभरी रहने जानकारी दिएका छन् ।

भारतिय संचारमाध्यमहरुका अनुसार प्रदूषणले केही आन्तरिक उडानहरु समेत प्रभावित भएका छन् र भिजिविलीटी एकदमै कम रहेको छ । सो प्रदूषणका कारण सामान्य मान्छेलाई विसन्चो हुने र श्वासप्रश्वास सम्बन्धी समस्या देखिने भएकाले सकेसम्म घरभित्र रहन भनिएको छ ।

स्थानीय सरकारी निकायलाई प्रदूषण कम गर्नका लागि पानीको फोहराहरु चलाउन भनिएको छ । तिव्र प्रदूषणका विच दिल्लीको तापक्रम पनि बढेको छ । दिउँसोको समयमा तापक्रम ४२ डिग्रीसम्म पुगेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार