Sunday, October 27, 2024

हावाहुरीले घर तथा फार्ममा लाखौँको क्षति

दाङ– गएराति आएको हावाहुरीले यहाँका एक व्यक्तिको घर तथा व्यवसायिक फार्ममा क्षति पु¥याएको छ ।

हावाहुरीले तुलसीपुर–१० निवासी माधव केसीले सञ्चालन गरेको प्राकृतिक मह उत्पादन तथा माहुरी पालन फार्म र घरमा क्षति पु¥याएकोे छ ।

फर्म सञ्चालन गरेको घर तथा केसीको चारकोठे घरमा लगाएको टिनको छाना उडाउनुका साथै विभिन्न सामग्रीमा क्षति पु¥याएको केसीले बताएका छन् ।

उनले हावाहुरी र पानीले घर र फार्ममा गरी करीब रु १० लाख बराबरको क्षति पु¥याएको बताए । ‘एकाएक आएको हावाहुरीले फार्म र घरको छानो उडायो, माहुरीका घारमा सामान्य क्षति पुगेको छ, अन्य सामान भने सवै पुरिएकाछन्,’केसीले भने । रासस

 

ताजा समाचार

सम्बन्धित समाचार