Sunday, October 27, 2024

चीनमा बन्यो वातावरणमैत्री मुद्रण प्रविधी

काठमाडौं–चीनका अनुसन्धानकर्ताहरुले मुद्रण क्षेत्रको प्रदूषणलाई कम गर्ने प्रविधीको विकास गरेका छन् ।

नानो नामक बस्तुको प्रयोग गरेर वनाइएको यो प्रविधी ‘प्रिन्ट उद्योगको’ एउटा ब्रेकथ्रु भएको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन् । आइनिज एकेडेमी अफ साइन्स अन्तर्गतको इन्स्टिच्युट अफ केमेस्ट्रीका अनुसन्धानकर्ताहरुले पत्ता लगाएको यो प्रविधीमा नानो नामक बस्तुको प्रयोग हुनेछ ।

सो प्रविधी परम्परागत छपाई प्रविधीका प्लेट र मसिहरुमा प्रयोग गर्न सकिने अनुसन्धानकर्ताहरुले वताएका छन् । यसको प्रयोगले अहिले प्रयोग भईरहेको लाखौ टन रसायन र अन्य केमिकलहरुको प्रयोगलाई घटाउन सहयोग गर्न वताईएको छ ।

सो नानो प्रविधीको प्रयोगले चीनको मुद्रण उद्योगलाई ‘ग्रिन रिफोलुसन’ तर्फ लैजाने अपेक्षा गरिएको छ । ‘यो प्रविधीको प्रयोगले चीनको मुद्रण उधोगलाई छिटो, छरितो , वातावरणमैत्री भएको वताइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार