Sunday, October 27, 2024

गैंडा तयार, चीन पठाउने टुंगो लागेन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने तयारी भइरहँदा चीन पठाउने गैंडाको चर्चा पनि भइरहेको छ। प्रधानमन्त्री ओलीले असार ५ देखि चीनको औपचारिक भ्रमण गर्ने घोषणा गरिएको छ ।

तर, सरकारी अधिकारीहरुका अनुसार प्रधानमन्त्रीको भ्रमण अघि नेपालले चीनलाई उपहार स्वरुप दिन लागेको गैंडा चीन पुग्ने सम्भावना एकदम न्यून हुँदै गएको छ । केही समय अघि सरकारी पक्षबाटै जुन महिनामा एक जोडी गैंडा चीन पाउने जानकारी आएपनि अहिलेसम्म ती अधिकारीहरु यस विषयमा बेखबर छन् ।

वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले यस अगाडि जुनको पहिलो साता गैंडाको एक जोडी चीन पठाउने बताएका थिए ।
‘२ जोडी गैंडा दिने भन्ने सहमती भएको हो,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपाल भट्टराईले भने, ‘पहिलो जोडी यस आर्थिक वर्षमा र अर्को जोडि चाँही अर्को आर्थिक वर्षमा लैजाने तय भएको छ । यस आर्थिक वर्षको गैंडा कहिले जाने भन्ने सम्बन्धमा कुनै जानकारी छैन ।’

उनका अनुसार चिनलाई पठाइने गंैडा तयारी अवस्थामा चितवनमा राखिएको छ । उनले भने, ‘गंैडा लैजाने सवालमा परराष्ट्र मन्त्रालय,दुतावास लगायतबाट कुटनीतिक तबरले पत्र आउनुपर्छ ।’

चीन पठाउने २ जोडी गैंडालाई चितवनमा ‘बुमा’ बनाएर राखिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार गैंडालाई चीन लैजाने भनेर तयारी अवस्थामा राखीएको छ ।

चीनमा २ जोडी गैंडाका बच्चा दिने सहमती भएको थियो । गैंडाले मानिसलाई आक्रमण नगरोस् र विभिन्न रोग नलागोस् भन्दै तिनलाई बुमामा राखेर निगरानी गरिएको निकुञ्जका भेटेरिनरी चिकित्सक डा.कमल गैरेले जानकारी दिए ।
बुमा एक प्रकारको सुरक्षित खाडल हो, जुन तीन मिटर गहिरो हुन्छ भने चारैतिर बारले घेरिएको हुन्छ । गैंडालाई पिँजडा भित्र राखेर विमान मार्फत चीन लगिने छ ।

यसअघि चीनको प्राकृतिक बासस्थानमा एकसिंगे गैंडा नरहेपछि उसले नेपालसँग गैंडा मागेको थियो । त्यसअनुसार चिनियाँ टोली गैंडा, तिनको बासस्थान र व्यवस्थापनलगायत प्राविधिक पक्षबारे बुझ्न एक महिना अघि नै नेपाल आइसकेको थियो । नेपालले २०६२ फागनु १६ पछि कुनै पनि देशलाई गैंडा उपहार दिएको छैन ।

त्यतिबेला शाहिकालीन सरकारले अस्ट्रियाको भियनास्थित चिडियाखानालाई एक जोडी गैंडा उपहार दिएको थियो । चीनले २ जोडी गैंडा दिए बापत वन्यजन्तु संरक्षण र सूर्यविनायकमा बनिरहेको जुलोजिकल पार्कमा आर्थिक सहयोग गर्ने बचन दिइसकेको छ ।

गैँडा दिएका मुलुकहरु

वर्ष  देश        संख्या
२०४२     भारत       
२०४४ बैशाख २९ अमेरिका
२०४६ चैत २० अमेरिका
२०४६ चैत २०  सिंगापुर
२०४६ माघ ३  जर्मनी 
२०४९ फागुन १   बंगलादेश
२०५० जेठ १७  जर्मनी 
२०५५ वैशाख ५  बेलायत 
२०५८ फागुन २०  जापानको 
२०६२  अस्ट्रियाको 

     

ताजा समाचार

सम्बन्धित समाचार