Sunday, October 27, 2024

अध्ययन भन्छ–बढ्दो तापमानका कारण मकैको उत्पादन घट्दैछ

काठमाडौं – जलवायु परिवर्तनका कारण विश्वको तापमानमा भइरहेको बृद्धिका कारण विशेषत मकै लगायत अन्य अन्नको उत्पादनमा गिरावट आउने र त्यसले विश्वको खाद्य सुरक्षालाई नै असर गर्ने एक अध्ययनले देखाएको छ ।

अध्ययनका अनुसार यसले सबैभन्दा बढी असर मकैलाई गर्ने छ । मकै विश्वमा सबैभन्दा वढी उत्पादन हुने अन्नबालीमध्ये एक मानिन्छ । विशेषत खाना, तेल लगायतका विभिन्न प्रयोजनहरुको लागि मकैको प्रयोग गर्ने गरिन्छ । अन्य अन्नको तुलनामा मकैको अन्तराष्ट्रिय व्यापार धेरै हुने गर्दछ ।

वेलायतको प्रोसिडिङस अफ दिन नेसनल एकेडेमी अफ साइन्सले गरेको एक अध्ययनले बढ्दो तापमानले विशेषत अन्नवालीको उत्पादनमा विश्वभरी नै निकै गिरावट आउने उल्लेख गरेको छ । खाद्य सुरक्षाको दृष्ट्रिले निकै महत्वपूर्ण मानिले अन्नको उत्पादनमा आउने कमीले विश्वभर नै खाद्य संकट बढ्न सक्ने सो अध्ययनले देखाएको छ ।

यस शताब्दीको अन्त्यसम्म विश्वको जनसंख्या झण्डै १० विलियन पुग्ने अनुमान भइरहेकै समयमा घट्दो कृषिले यो सबै जनसंख्यालाई पाल्न सक्ने हो कि होइन भन्ने चिन्ता उत्पन्न भएको छ । यस अगाडी साइन्स एडभान्स नामक पत्रिकाले कार्बन डाइअक्साइडको वढ्दो मात्राले अन्न वालीको पौष्टिकतामा असर गरिरहेको देखाएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार