Saturday, October 26, 2024

मिचिएका संरचना भत्काउँदै सडक विस्तार

भक्तपुर – दैनिक सडक जाम हुन थालेपछि सूर्यविनायक चोकदेखि सूर्यविनायक गणेश मन्दिरसम्म जाने सडकको अतिक्रमित संरचना हटाउँदै सडक विस्तार कार्य शुरु गरिएको छ।

सूर्यविनायक नगरपालिका वडा नं ८ का वडाध्यक्ष किरण थापा र वडा नं ६ का वडाध्यक्ष रामेश्वर ध्वजुको पहलमा अतिक्रमित सडकका संरचना भत्काएर सडक विस्तार कार्य शुरु गरिएको हो।

दुईवटै वडाको सीमानामा पर्ने उक्त सडकको मापदण्डभित्र पर्ने स्थानीयवासीका घरका पर्खाल, पेटी र टहरा भत्काउन शुरु गरेको वडा नं ८ का वडाध्यक्ष किरण थापाले जानकारी दिए।

केहीदिनभित्रै संरचना भत्काएर सडकलाई फराकिलो बनाउने र सूर्यविनायक चोकदेखि सूर्यविनायक मन्दिर प्रवेशद्वारसम्मको सडकलाई फराकिलो बनाउने उनले बताए।

एक महिना अगाडि स्थानीयसँग छलफल गरी स्थानीय बासिन्दालाई सडक मापदण्डभित्र पर्नेहरुले आफ्नो कम्पाउण्ड पर्खाल भत्काउन, टहरा हटाउन सूचना जारी गरेपछि पनि स्थानीयवासीले नहटाएकाले वडा कार्यालयले आफैँ भत्काउन थालेको हो । यद्यपि सडक मापदण्डभित्र परेका घर भने तत्काल नभत्काइने बताउँदै अध्यक्ष थापाले घरको उचित मुआब्जाको व्यवस्था गर्न माग गर्ने बताए।

वडा नं ६ का वडाध्यक्ष रामेश्वर ध्वजुले हाललाई स्थानीयवासीका घरलाई क्षति नपुगोस् भनी बलियो गरी बनाइएको भ¥याङ, पेटीलगायतका अरु संरचना घरधनी आफैँले सात दिनभित्र भत्काउने गरी कागज गरेको बताए।

सडक फराकिलो बनाएपछि सडकको गाभ्रेल गरिने भएको छ । साथै सात मिटर सडकलाई विस्तार गरी १४ मिटर फराकिलो सडक बनाउने गरी सडक विस्तार आयोजनाले डिपिआर तयार गरिरहेको बताइएको छ । रासस

ताजा समाचार

सम्बन्धित समाचार