Saturday, September 21, 2024

यस्ता छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका सम्भावित एजेण्डा (पढ्नुस् २२ बुँदामा)

काठमाडौ–यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तीव्र तयारी भइरहेको छ।

विशेषत परराष्ट्र मन्त्रालयले विभिन्न मन्त्रालयसँग भ्रमणको तयारीको बारेमा छलफल गरिरहेको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार विशेषत यस अगाडि ओलीको चीन भ्रमणको समयमा भएको १० बुँँदे सम्झौताहरू कार्यान्वयनमा यो भ्रमण केन्द्रित हुने छ। अहिले छलफलमा रहेका र प्रमको चीन भ्रमणको समयमा उठान हुनसक्ने विषयहरू बुँँदागत रुपमाः

·७६२ मेगावाटको तमोर जलविद्युत आयोजना

·४५० मेगावटको किमाथाङक–अरुण जलविद्युत आयोजना

·नलसिंह गाड जलविद्युत आयोजना

·३०० मेगावाटको उत्तरगंगा जलविद्युत आयोजना

·चक्रपथमा डबल सर्किट ट्रान्समिसन लाइन बनाउने विषय

·काभ्रेको पाँचखालमा सिंचाइ सुविधा सम्बन्धी परियोजना

·पूर्वी तराई नदी व्यवस्थापन योजना

·रसुवागढी–केरुङ ट्रान्समिसन लाइन बनाउने परियोजना

·कम्तीमा आधा दर्जन ट्रान्समिसिन लाइनका परियोजना

·पश्चिम सेती जलविद्युत आयोजनाको विषय

·चीनसँगको पारवहन तथा यातायात सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिने योजना

·ऊर्जा सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

·तातोपानी भन्सार कार्यालय खोल्ने विषय । तर, चीनले संयुक्त सुरक्षा संयन्त्र बनाएपछि मात्र खोल्ने बताएको छ । जसमा सहमति नहुसक्छ

·तातोपानी र रसुवामा चीनले बनाउने पुलको विषय

·रेलको सम्भाव्यता अध्ययन थाल्ने विषयमा सहमति हुन सक्ने । तर, अहिलेसम्म पूर्वसम्भाव्यताको प्रतिवेदन आइसकेको छैन् । तर, रेलमार्ग ऋण लिएर बनाउने कि चीनले अनुदानमा बनाउने भन्ने विषय टुंगोमा पुगेको छैन् ।

·नेपाल–चीन खुला व्यापार सम्झौताको विषयमा पनि छलफल हुने

·मानसरोवर यात्रामा जाने तीर्थालुको शुल्क बढाएको विषय नेपालले उठाउने

·यस अघि चीनले सुपुदर्गाीको विषय उठाएपनि यसपटक यो विषयमा छलफल हुने छैन।

·सिभिल अस्पताललाई चिनियाँ सहयोग

·मदन भण्डारी प्राविधिक शिक्षालयलाई चीनको सहयोग सम्बन्धी विषय

·नेपालमा चिनियाँ बैंकहरूको शाखा खोल्ने विषय

·व्यापार सम्बन्धी अन्य विषयहरु

ताजा समाचार

सम्बन्धित समाचार