Saturday, September 21, 2024

सदर चिडियाखानमा ध्वनी प्रदूषण रोक्ने तयारी

ललितपुर–ललितपुरको जावलाखेमा आयोजना हुने विभिन्न कन्सर्ट तथा सांगीतिक कार्यक्रमले ध्वनी बढाएको भन्दै रोक्ने तयारी थालिएको छ।

ध्वनी प्रदूषणले विशेषगरी नजिकै रहेको सदर चिडियाखानलाई बढी असर गर्न थालेपछि ललितपुर महानगरपालिकाले आगामी साउन १ गतेदेखि ध्वनी प्रदूषण न्यूनिकरण गर्ने योजना बनाएको छ।

‘जावलाखेल मैदानमा हुने विभिन्न सांगीतिक कार्यक्रमले चर्को ध्वनी प्रदूषण निम्त्याउने गरेका छन्। जसले गर्दा सदर चिडियाखानका वन्यजन्तुमा पनि असर गरेको छ,’ ललितपुरका मेयर चिरीबाबु मर्हजनले भने, ‘महानगरको पुरै क्षेत्रमा ध्वनी प्रदूषण नियन्त्रण गर्ने तयारी छ।

जावलाखेल चोकदेखि नजिकै रहेको सदर चिडियाखानमा १ सय ११ प्रजातीका ८ सय भन्दा बढी वयजन्तु छन्। चिडियाखानाका प्रमुख चिरञ्जीवि पोखरेलका अनुसार वन्यजन्तुको बासस्थान नजिकै चर्काे आवाज निकाल्दा, होहल्ला गर्दा समस्या पर्छ। ‘यसले वन्यजन्तुको ह्याविट्याट अर्थात बासस्थानमा असर पुर्याएको छ,’ उनले भने।

चिडियाखानाको संरक्षणमा रहेको नेपाल राष्ट्रिय प्रकृति संरक्षण कोषकी कार्यक्रम निर्देशक सरिता ज्ञवलीले ध्वनी प्रदूषण र त्यसले जनावरलाई पारेको प्रभाव सम्बन्धमा खासै अध्ययन नभएको बताइन्। यद्यपी, चर्काे ध्वनीका कारण वन्यजन्तुुमा गर्भाधान प्रक्रियामा पनि अवरोध सृजना हुन सक्ने औंल्याउँदै उनले भनिन् ‘चर्काे ध्वनीले मान्छेलाई त असर गर्छ, जीवजन्तुलाई पनि असर गरिहाल्छ नि।’

जावलाखेल मैदानमा विशेषगरी शनिबार थुप्रै कार्यक्रम हुन्छन्। चर्को ध्वनीका कारण नागरिकलाई समेत समस्या पारेको गु्नासो आएको मेयर महर्जन बताउँछन्।

ताजा समाचार

सम्बन्धित समाचार