Saturday, October 26, 2024

‘सन् २०५० सम्म समुन्द्रमा माछा भन्दा प्लाष्टिक बढी’

काठमाडौ–अहिलेकै गतिमा समुन्द्रमा प्लाष्टिक प्रदूषण बढेमा सन् २०५० सम्म समुन्द्रमा माछा भन्दा प्लाष्टिकको सख्या बढी हुने एक अध्ययनले देखाएको छ ।

न्यू प्लाष्टिक इकोनोमि नामक संस्थाले गरेको एक अध्ययन अनुसार गएको दशकमा सबैभन्दा बढी प्लाष्टिक समुन्द्रमा पुगेको थियो । सो अध्ययन अनुसार वर्षेनी ८० लाख टन भन्दा बढी प्लाष्टिक समुन्द्रमा पुग्ने गर्छ ।

‘हामीले समुन्द्रलाई यही गतिमा प्रदूषीत गदै जाने हो भने सन् २०५० सम्म समुन्द्रमा माछा कम र प्लाष्टिक बढी हुनसक्छ । सो अध्ययन अनुसार समुन्द्रमा पुग्ने ९० प्रतिशत प्लाष्टिकको लागि १० वटा नदीहरु जिम्मेवार छन् । त्यसमध्ये आठ वटा नदी एसियाका र दुई अफ्रिकाका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार