Saturday, September 21, 2024

बाढीको जोखिममा काठमाडौंका सुकुम्बासी बस्ती

काठमाडौं – वर्षा यामसँगै  नदीहरुमा बाढी आउने गर्दछ । जसले वर्षेनी मानविय तथा भौतिक क्षति हुने गरेको छ । उपत्यका वाहिर मात्र होइन, काठमाडौंका खोलाहरुमा आउने बाढीले पनि धेरै क्षति पु¥याउने गरेको छ । यसबाट सबैभन्दा पीडित काठमाडौंका नदी किनारामा बस्ने सुकुम्बासीहरु बनेका छन् । यसतर्फ न नदीको किनारमा बस्ने सुकुम्बासी सचेत छन् न सरकारी निकायले नै केही गरेका छन् । काठमाडौंका नदी किनारामा अहिले पनि नदीको किनारामा नै झुप्रो बनाएर सुकुम्बासीहरु बसिरहेका छन् । सानो बाढीले पनि उनीहरुलाई क्षति पु¥याउनसक्छ । ‘सरकारले पर्खाल लगाएको छ, त्यो भन्दा माथि नदी आउँदैन कि भन्ने लाग्छ,’ १२ बर्षदेखि वाग्मतीको किनारामा वसीरहेका ६५ बर्षिय चित्र बहादुरले भने । उनले भने, ‘अहिले हामी अलि पछाडि सरेर वसेका छौ ।’ अमिष रेग्मीले लिएका तस्वीरहरु :जोखिममा रहेकाे बल्खुकाे सुकुम्बासी बस्ती
१२ बर्षदेखि वाग्मतीको किनारामा वसीरहेका ६५ बर्षिय चित्र बहादुर मगर
जोखिममा रहेकाे थापाथलीकाे सुकुम्बासी बस्ती नदी किनारामा बस्ने सुकुम्बासीहरुनदी किनारामा बस्ने सुकुम्बासी बस्ती नदी किनारामा बस्ने सुकुम्बासीहरुनदी किनारामा बस्ने सुकुम्बासीहरु

ताजा समाचार

सम्बन्धित समाचार