Saturday, October 26, 2024

बढ्दो प्रदूषणका कारणहरु पत्ता लगाउन चीनले १८ हजार अनुगमनकर्ता खटाउने

काठमाडौं – बढ्दो प्रदूषण कम गर्न चीनले देशका विभिन्न भागमा वातावरण संरक्षणका लागि ठूला कदमहरु चाल्ने तयारी गरीरहेको छ ।

चिनियाँ पत्रिका दि ग्लोवल टाइम्सका अनुसार यो अभियान सोमबारबाट शुरु हुनेछ । यसको मुख्य उदेश्य प्रदूषणका कारणहरु पत्ता लगाउनु हो । सो पत्रिकाका अनुसार देशका मुख्य–मुख्य शहरहरुमा यो अभियान लागु हुनेछ।

सोमबारबाट हुने अनुगमन आगामी सन् २०१९ को अप्रिल महिनासम्म जारी राख्ने चीनको तयारी छ । जस अनुसार अठार हजार भन्दा बढी वातावरण अनुगमनकर्ताहरुले वेइजिङ लगायतका मुख्य शहरका विभिन्न समस्याहरुको पहिचान गर्नेछन् । साथै स्थलगत रुपमा नै समाधान गर्ने र समाधान गर्न नसकेका विषय माथिल्लो निकायलाई जानकारी गराउने अधिकार उनीहरुलाई दिइएको छ ।

त्यसैगरी देशका ठूला नदीहरुको किनारामा विशेष अनुगमन गरीने छ । सो पत्रिकाका अनुसार अहिले २८ वटा शहरहरुलाई लक्षित गरीएको छ । पछिल्लो समयमा वेइजिङ लगायतका केही शहरमा वायुको गुणस्तर तिव्र रुपमा खस्कँदै गएको छ ।

सो अनुगमनकर्ताहरुले विशेषरी संरचनागत समस्या, उर्जाको प्रयोग, भुमिको प्रयोग र अन्य वातावरणिय विषयहरुको अध्ययन गर्नेछन् । त्यसैगरी वातवरण समस्या समाधान गर्न पर्याप्त कदम नचाल्ने निकायहरुलाई कारवाहीको समेत सिफारीस गर्नेछ ।

ताजा समाचार

सम्बन्धित समाचार