Saturday, October 26, 2024

रंगेली नगरले गर्यो सातभन्दा बढी सडक विस्तार

विराटनगर – मोरङ जिल्लाको रंगेली नगरपालिका–५ मा रहेका सडक विस्तार गरिएका छन् ।

उक्त वडामा रहेका करीब सात वटा भन्दा बढी सडकमा विस्तारका लागि रु ५० लाख लागेको वडाध्यक्ष महानन्द मण्डलले बताए।

बिपी आश्रमदेखि आमगाछीसम्मको चार किलोमिटर, झुुंगिटोलदेखि धनपटी जोडने पाँच किलोमिटर, मधुुवनी आमगाछी जोडने चार किलोमिटरलगायतका सडक विस्तार गरिएका हुन् । ती सडक २० देखी २५ फिट फराकिला छन् ।

वडाध्यक्ष मण्डलले आगामी पाँच पाँचवर्षभित्र सम्पूर्ण सडक पिच गर्ने लक्ष्यअनुुसार सडक विस्तार गरिएको बताए। सडक निमार्ण एवं विस्तारको कामलाई उक्त वडाले पहिलो प्राथमिकतामा राखेको छ ।

उनले वडाका सडक कालोपत्रेका लागि सांसद विकास कोष र नगरपालिकासँग आवश्यक बजेट उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिए। रासस

ताजा समाचार

सम्बन्धित समाचार