Saturday, October 26, 2024

‘हरित पूर्वाधारले वातावरण संरक्षण मात्र नभइ रोजगारी पनि सिर्जना गर्छ’

काठमाडौं – साइकल लेनदेखि सफा हावा लगायतका हरित पूर्वाधारले वातावरणलाई सघाउने मात्र नभइ रोजगारी सिर्जना, स्वास्थ्य र उत्पादकत्वमा समेत वृद्धि ल्याउने एक अध्ययनले देखाएको छ ।

बेलायतको लिस्डस् विश्व विद्यालयका अनुसन्धानकर्ताहरूले गरेको एक अध्ययन अनुसार सार्वजनिक यातायात क्षेत्रमा सुधारका लागि लगानी बढाउँदै गएमा त्यसले वार्षिक रुपमा २३ मिलियन रोजगारी सिर्जना गर्नसक्छ ।

उक्त टोलीले न्यून कार्वन पूर्वाधारले विश्वका विभिन्न सहरमा पार्ने प्रभावका सम्बन्धमा ७०० सय भन्दा बढी पेपरहरूको अध्ययन गरेका थिए । ‘अहिले भइरहेका र निर्माण हुने पूर्वाधारलाई सकेसम्म कम उर्जा उपयोग गर्नसक्ने स्थानमा परिणत गर्न सकेमा १६ मिलियन भन्दा बढी रोजगारी सिर्जना गर्न सकिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

त्यसैगरी साइकल रुटको निर्माण गरेमा त्यसले स्वास्थ्यमा सुधार आउने समेत सो प्रतिवेदनमा उल्लेख छ । अध्ययन अगाडि भन्छ,‘ हामीले चाहने सफा, स्वस्थ र धनी शहरले त्यतिबेला प्राप्त हुन्छ जतिबेला हामीले जलवायु परिवर्तन सम्बन्धी कदम चाल्छौ।’ सन् २०५० सम्ममा ३ जनामध्ये दुई जना शहरवासी हुने समेत उल्लेख गरेको छ । पछिल्लो समयमा गाउँबाट शहरतर्फ तीव्र बसाईसराई भइरहेको छ । विश्वमा अहिले नै ३३ वटा मेगासिटीहरू रहेका छन् र सन् २०३०सम्मा थप १० वटा मेगासिटीको विकास हुनेछ ।

ताजा समाचार

सम्बन्धित समाचार