Saturday, October 26, 2024

सालको काठ सहित पाँच जना पक्राउ

काठमाडौं– सालको काठ सहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

स्याङजा वालिङ नगरपालिका–६ मिर्दि स्थित भित्री सडकबाट लु.२ ख १६५ नम्बरको ट्रकमा ल्याउँदै गरेको ५५ थान सालको गोलिया काठ र नगद १ लाख ७० हजार रुपैयाँ सहित प्रहरीले बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका–१० बस्ने २४ बर्षीय अर्जुन खाम्चा सहित ५ जना रहेका छन् । यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार