Saturday, October 26, 2024

पत्रपत्रिकामा वातावरण : मेलम्चीका लागि कूटनीतिक पहल, गर्मीले जनजीवन प्रभावित

काठमाडाैं–आजका पत्रपत्रिकाले मेलम्चीका लागि कूटनीतिक पहल, जग्गा बाँझो राख्न नदिइने, पहिरो पन्छाएर ६ वर्षपछि खुल्यो सडक, ललितपुर खुल्ला दिसामुक्त घोषणा हुँदै, गर्मीले जनजीवन प्रभावित लगायतका शिर्षकमाा समाचार प्रकाशित गरेका छन्।

–गोरखापत्र दैनिक
गोरखापत्रमा ‘गर्मीले जनजीवन प्रभावित’ शीर्षकमा समाचार प्रकाशित  छ। केही दिनदेखि बढेको गर्मीका कारण तराईको जनजीवन प्रभावित बनेको छ। वायुमण्डलीय तापक्रम बढ्नुका साथै हावा नचल्ने र चल्दा पनि तातो हावा बहन थालेपछि पर्साको ग्रमीण क्षेत्रमा जनजीवन निकै कष्टपूर्ण बनेको स्थानीयवासीले बताएको समाचारमा उल्लेख छ ।

–कान्तिपुर दैनिक 
कान्तिपुरले महाकाली पुल योजनको समाचारलाई प्रकाशित गरेको छ। ‘मुआब्जा माग्दै अवरोध’ भन्ने शीर्षकमा प्रकाशित समाचारमा ४ लेन सडक निर्माणका लागि अधिग्रहण गरिने ऐलानी जग्गाको मुआब्जा माग गर्दै स्थानीयले निर्माण कार्यमा अवरोध गरेका छन्। महाकालीमा निर्माण गरिने पुलको पहुँच मार्गअन्तर्गत पर्ने ऐलानी जग्गााको माआब्जा माग्दै बुधबारदेखि काममा अवरोध गरेका उल्लेख छ।

–अन्नपूर्ण पोस्ट
अन्नपूर्ण पोस्टले ‘मेलम्चीका लागि कूटनीतिक पहल’ शीर्षकमा समाचार छापेकाे छ। खानेपानीमन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजना सुचारु गर्न ठेकेदार कम्पनीलाई दबाबका लागि कूटनीतिक पहल सुरु गरेकी छिन्। मन्त्री मगरले बिहीबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटी मेलम्चीका ठेकेदारबारे इटाली सरकारसमक्ष पहल गरिदिन विशेष आग्रह गरेकी समाचारमा उल्लेख छ ।

त्यस्तै ‘जग्गा बाँझो राख्न नदिइने’ भन्ने शीर्षकमा अर्को समाचार प्रकाशित छ। प्रदेश २ मा सिँचाइ अभावले बर्सेनि हजारौँ बिघा जग्गा बाँझै रहन्छन् । बढी जग्गा भएकाहरूले मजदूर अभावमा खेती गर्न सकेका छैनन् । कतिपय भने खेती गर्ने जग्गा नपाएर वैदेशिक रोजगारीका लागि खाडी मुलुक पुग्छन् । तर, अब प्रदेश सरकारले जग्गा बाँझो रहन नदिन र जग्गा व्यवस्थापन गर्न नयाँ नीति ल्याएको समाचारमा उल्लेख छ ।

त्यस्तै ‘पहिरो पन्छाएर छ वर्षपछि खुल्यो सडक’ शिर्षकमा पनि समाचार छापिएको छ । ६ वर्षअघि खसेको लौझाको पहिरो हटाएर सडक सञ्चालनमा ल्याइएको छ । स्याङ्जा गल्याङ जिरोेदेखि गुल्मीको रुद्रवेणीसम्मको करिब ३५ किलोमिटर सडकखण्ड लौझा भीरमा खसेको पहिरोले ६ वर्षदेखि अवरुद्ध थियो । पहिरोका कारण आवतजावत ठप्प थियो । कालीगण्डकी गाउँपालिका वडा नं २ आलमदेवीस्थित लौझामा पहिरो जाँदा त्यसबेला काली गण्डकी नदी थुनिएर ताल बनेको थियो ।

–नेपाल समाचारपत्र
नेपाल समाचारपत्रमा ‘ललितपुर खुला दिसामुक्त जिल्ला घोषणा हुने’ समाचार प्रकाशित भएको छ । जिल्लाभर शौचालयको पहुँच विस्तार भएपछि ललितपुर खुला दिसामुक्त जिल्ला घोषणा हुँदैछ । खानेपानी डिभिजन कार्यालय ललितपुरका प्रमुख हरिदत्त पौडेलले जिल्लाभर शौचालयको पहुँच पुगेपछि आइतबार एक समारोहबीच घोषणा गर्न लागिएको बताएको समाचारमा छ ।
त्यस्तै एक विगाह जमिनको गाँजा नष्ट भन्ने शिर्षकमा पनि समाचार प्रकाशित भएको छ । कञ्चनपुरमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रुपमा गाँजा खेती नष्ट गरेका छन् । विहीबार सशस्त्र प्रहरी बल, सीमा सुरक्षा बल कार्यालय मझगाउँ वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले १ विगाह जमिनको गाँजा खेती नष्ट गरको समाचारमा छापिएको छ ।

राजधानी दैनिक
–राजधानीले ‘सदर चिडियाखानामा अब प्रतापको गर्जन’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । जावलाखेलस्ति सदर चिडियाखानामा प्रताप नाम गरेको बाघ ल्याइएको छ । यससँगै चिडियाखानामा रहेको बाघ संख्या तीन पुगेको छ। यसअघि दुईवटा बाघ रहेकोमा चितवन राष्ट्रिय निकुञ्जबाट उद्धार गरी प्रताप ल्याइएपछि चिडियाखानामा बाघ संख्या तीन पुगेको सदर चिडियाखाना प्रमखु डा. चिरञ्जीवी पोखरेलले जानकारी दिएको समाचारमा उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार