Saturday, October 26, 2024

रेड पाण्डाको छाला सहित पक्राउ

काठमाडौं – रेड पाण्डाको छाला सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रसुवा कालिका गाउँपालिका–३ राम्चे घर भएका ३३ बर्षीय काजी तामाङ रहेका छन् ।

उनलाई तार्केश्वर नगरपालिका–७ फुटुङ्गबाट दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला १ थान सहित प्रहरीले मंगलबार पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार