Sunday, November 9, 2025

भारत–पाकिस्तान पानी विवाद फेरी चर्कियो

काठमाडौं– भारत र पाकिस्तान विचको विगत ६ दशकदेखिको पानी विवाद फेरी एकपटक सतहमा आएको छ ।

विश्व वैङकका प्रमुख जीम योङ किमले पाकिस्तान सरकारलाई किसनगंङगा ड्याम निर्माणको विषयलाई अन्तर्राष्ट्रिय अदालतमा नलैजान आग्रह गरेपछि पाकिस्तानले त्यसमा असन्तुष्टी जनाएको छ । भारतले निर्माण गर्न लागेको किसनगंगा ड्यामले सन् १९६० मा दुई मुलुकको विचमा भएको सिन्धु जल सम्झौता उल्लंघन हुने ठहर गदै पाकिस्तान अन्तर्राष्ट्रिय अदालतमा जाने तयारीमा छ ।

सन् २००५ मा भारतले किसनगंङगामा जल विद्युत आयोजना वनाउने निर्णय ग–यो । त्यसयता दुई देशको विचमा विवादहरु उत्पन्न भए । सन् २०१० मा दुई देशबीचको विवाद हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा पुग्यो र उक्त अदालतले परियोजनालाई रोक्न आदेश दिएको थियो तर त्यसलाई पुनः अगाडी बढाइएको पाकिस्तानको आरोप छ । किशनगङ्गा झेलमको सहायक नदी भएकोले त्यसमा आफ्नो अधिकार भएको पाकिस्तानको भनाई छ ।

भारतले निर्माण गरीरहेको ड्यामले सन् १९६० मा दुई मुलुकको विचमा भएको सिन्धु जल सम्झौता उल्लंघन हुने पाकिस्तानको भनाइ छ । सो ड्यामको कारणले नदीको कोर्स परिवर्तन हुनुको साथै पाकिस्तान तर्फ वग्ने पानीको मात्रा समेत कम हुने दावी पाकिस्तानले गरीरहेको छ । पाकिस्तानको डन् पत्रिकाका अनुसार यि दुई आधारमा सो मुद्धालाई अन्तराष्ट्रिय अदालतमा लान लागिएको हो ।

उता भारतले भने ड्यामको डिजाइन र निर्माण लगायतका विषयहरु तटस्थ विज्ञहरु राखेर समाधान गर्नुपर्ने वताइरहेको छ । डन् पत्रिकाले सरकारी अधिकारीहरुलाई उल्लेख गदै लेखेको छ, ‘तटस्थ विज्ञहरु राखेर समस्या समाधान गर्ने अथवा यो विषयलाई अन्तर्राष्ट्रिय अदालतमा लैजानबाट रोक्ने भारतको प्रस्तावमा सहमत हुनुको अर्थ अन्तराष्ट्रिय अदालतमा जान पाउने अधिकारको आत्मसर्मपण हो ।’ भारतले चाहि यो दुईपक्षिय विवाद भएकाले त्यही अनुसार समाधान गर्नुपर्ने बताउँदै आएको छ ।

‘यो सधै एउटा नजिर बनिरहेको छ कि हरेकपल्ट जव विवाद उत्पन्न हुन्छ, भारतले जहिले पनि तटस्थ विद्धान मार्फत समाधानको प्रस्ताव गर्दछ,’ पाकिस्तानका एक उच्च सरकारी अधिकारीले डन पत्रिकासँग भनेका छन् । पाकिस्तानले सधै विश्व वैङकले सधै आफूहरुको हात वाँध्ने गरेको आरोप लगाईरहेको छ ।

भारतले अनधिकृत रुपमा बनाइरहेको वाँध रोक्नेतर्फ विश्व वैङकले कुनै पनि कदम नचालेको आरोप पाकिस्तानको आरोप छ । यस अगाडी भारतले बनाइरहेको ड्यामको बारेमा पाकिस्तानले स्याटलाइबाट लिएका तस्वरीहरु विश्व वैङकलाई उपलब्ध गराएको थियो।

त्यस लगत्तै गत वर्षको अप्रिल, जुलाई र सेप्टेम्बरमा वासिङनमा भएको वार्तामा विश्व वैङकले कसरी अगाडी जाने भन्ने सम्बन्धमा निर्णय लिने तयारी गरेको थियो तर भारत विभिन्न मोडलमा सहमत नहुँदा सो कार्य अगाडी नवढेको अधिकारीहरुले जनाएका छन् । यसै वर्षको मे २२ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले किसनगंगा ड्यामको उद्घाटन गरेको भनी विश्व वैङकलाई जानकारी गराएको थियो ।

सन् १९६० मा दुई देशको बिचमा भएको सिन्धु जल सम्झौताले विश्व वैङकलाई दुई मुलुकको विचमा आइपर्ने विवाद समाधान गर्ने जिम्मेवारी दिएको छ । सो सम्झौतालाई सफल गराउन वैङकले मध्यस्थताको भूमिका खेलेको थियो । सो सम्झौतमा सिन्धु जलाधार क्षेत्रका ६ वटा नदी र त्यसका सहायक नदीको पानीको वाँडफाँडको विषय स्पष्ट रुपमा उल्लेख गरीएको छ ।

सम्झौता अनुसार भारत र पाकिस्तानले ३–३ वटा नदीको वाँडफाँड गरे । पूर्वमा रहेका सिन्धु, झेलम र चिनाव नदीमा पाकिस्तानको अधिकार रहेको छ भने रावी, ब्यास र सतलज पश्चिम क्षेत्रमा रहेको नदी भारतको भागमा परेको छ । उता पाकिस्तानको उच्च अदालतले भने किसनगङगामा निर्माण गरीएको ड्यामका कारण पानीको प्रवाहमा आएको कमीको बारेमा विस्तृत प्रतिवेदन पेश गर्न सरकारलाई आग्रह गरेको छ । पाकिस्तानले पटक–पटक पानीको विवाद वढ्दै गएमा त्यसले गम्भीर असर सिर्जना गर्ने बताउँदै आएको छ । सो नदी वाँडफाँडको सम्झौतालाई अन्तर्राष्ट्रिय जगतमा शान्तिपूर्ण समस्या समाधानको उदाहरणको रुपमा लिइन्छ तर पछिल्लोपटक भने विवाद बढीरहेको छ ।

के हो सिन्धु जल सम्झौता ?

सो सम्झौताको बारेमा भारतको अङग्रजी पत्रिका द हिन्दुले सन् २०१६ मा तयार पारेको १० वुँदा यस प्रकार छन् ।

· सन् १९६० सेप्टेम्बर १९ मा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु र पाकिस्तानका राष्ट्रपति अयुब खानले सो सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

· सो सम्झौताको विश्व वैङकले मध्यस्थता गरेको थियो ।

· सो सम्झौतामा सिन्धु नदी र यसका सहायक नदीहरुको वहाव र उपयोगलाई नियमन गर्दछ ।

· पूर्वमा रहेका सिन्धु, झेलम र चिनाव नदीमा पाकिस्तानको अधिकार रहेको छ भने रावी, ब्यास र सतलज पश्चिम क्षेत्रमा रहेको नदी भारतको भागमा
परेको छ ।

· तर यो नदी भारतबाट पाकिस्तानतर्फ वहने हुनाले यसको २० प्रतिशत पानी भारतले सिंचाइ, जलविद्युत आयोजना र यातायातको लागि प्रयोग गर्नसक्छ

· स्थायी सिन्धु आयोग गठन गरेको छ जसले सन्धीको कार्यान्वयन गर्दछ र विवादहरुको समाधान गर्दछ ।

· सन्धीले स्वतन्त्र विवाद समाधान संयन्त्रको पनि व्यवस्था गरेको छ ।

· सो नदी तिव्वतबाट उत्पती भएपनि चीन भने सो सम्झौतमा सहभागी छैन् । यदि चीनले सो नदीको वहावमा परिवर्तन ल्यायो भने यसले भारत र
पाकिस्तान दुवैलाई असर गर्दछ ।

· जलवायु परिवर्तनको असरका कारण सो नदीमा पनि पानीको मात्र घटीरहेको छ र अन्य समस्याहरु देखा परेका छन् ।

· दुई मुलुकको विचमा नदीको विषयमा बारम्बार विवाद देखिएपनि ठूलै द्धन्द्ध भने भएको छैन् ।

ताजा समाचार

सम्बन्धित समाचार