Monday, June 23, 2025

नेपालको सरसफाइको अवस्था कस्तो? थाहा पाउनुस् १२ तथ्य

काठमाडाैं–‘दीगो विकासको मुख्य आधार, स्वच्छ खानेपानी र सरसफाइयुक्त व्यवहार’ नाराका साथ राष्ट्रिय सरसफाइ सप्ताह मनाइँदैछ।

हरेक वर्ष वातावरण दिवससँगै सुरु हुने राष्ट्रिय सरसफाइ सप्ताह अन्तर्गत विविध कार्यक्रम गरिँदै आएको छ। सरसफाइ सप्ताह जुन ५ देखि ११ सम्म मनाइन्छ ।

नेपालमा सरसफाइको अवस्था र तथ्यहरू यसप्रकार छन्।

–२०६८ सालको जनगणनाअनुसार ६२ प्रतिशत नेपालीको घरधुरीमा चर्पीको पहुँच छ।

–जेठ १४ जारी आर्थिक सर्वेक्षणअनुसार ९४ प्रतिशत नेपालीमा आधारभूत सरसफाइको पहुँच पुगेको छ।

–नेपालमा खुला दिसामुक्त घोषणा अभियान २०६८ देखि सुरु भएको हो ।

– ७७ जिल्लामध्ये हालसम्म ५३ जिल्ला खुल्ला दिसामुक्त घोषणा भएका छन्। जसमध्ये ४ सय गाउँपालिका र २ सय १२ नगरपालिका, उपमहानगरपालिका खुलादिसामुक्त घोषणा।

–नेपालमा सन् १९९० मा ६ प्रतिशत सरसफाइको पहुँच थियो।

–सन् २०१७ सम्ममा सबै घरधुरीमा आधारभूत खानेपानी र सरसफाइ सुविधा (चर्पी) पुर्याउने राष्ट्रिय लक्ष्य रहेपनि पूरा हुन सकेन। अब सन् २०३० सम्म पूर्ण सरसफाईयुक्त राष्ट्र निर्माण गर्ने लक्ष्य।

–नेपालमा राष्ट्रिय सरसफाइ सप्ताह सन् २००० देखि मनाउन थालिएको हो।

–न्यून सरसफाइका कारण नेपालले वार्षिक १० अर्ब रुपैयाँ क्षति व्यहोरिरहेको छ।

–नेपालीहरूलाई लाग्ने ८० प्रतिशतभन्दा बढी सरुवा रोग स्वच्छ खानेपानीको अभाव र सरसफाइको कमीले लाग्ने गर्छ ।

– १५ जेठमा संसदमा पेश भएको बेजटमा ‘आर्थिक वर्ष २०७५–०७६ लाई राष्ट्रिय सरसफाइ वर्षका रुपमा मनाउने उल्लेख छ।

–आगामी आर्थिक वर्ष २०७५–०७६ का लागि खानेपानी मन्त्रालयलाई २४ अर्ब ५ करोड ७५ लाख बिनियोजन। जुन कुल बजेटको १.८२ प्रतिशत हो ।

ताजा समाचार

सम्बन्धित समाचार