Saturday, October 26, 2024

कसरी अन्त्य गर्ने प्लाष्टिक प्रदूषण ?

मनाङ जिल्लाको अन्नपूर्ण पदमार्गको एक रुखमा देखिएका प्लाष्टिकका झोलाहरु । तस्बिर  : रमेश भुसाल

काठमाडौं–आज जुन ५ अर्थात विश्व वातावरण दिवस । यस वर्षको दिवसको नारो हो– ‘प्लास्टिक झोला निर्मुल पारौं। सके पुनस्प्रयोग नसके बहिस्कार गरौ।’

प्लाष्टिक प्रदूषण विश्वभरी नै एक प्रमुख वातावरणिय समस्याको रुपा देखा परेको छ। समुन्द्रको गहिराईदेखि पहाडको चुचुरोसम्म प्लाष्टिकको प्रदूषण बढ्दो छ।

पछिल्लो समयमा समुन्द्रमा बढेको प्लाष्टिक प्रदूषणले सामुन्दिक जीवहरुलाई गम्भीर असर गरेका खबरहरु सार्वजनिक भइरहेका छन्। प्लाष्टिक संसारभर निकै सस्तो वस्तु भएकाले यसैले यसको प्रयोग निकै छ । प्लाष्टिक सहजै रुपमा कुहिने तथा व्यवस्थापन नहुने सामाग्री भएकाले यसले पानी र माटोलाई गम्भीर असर गर्ने गर्दछ।

प्लाष्टिक सम्बन्धी केही तथ्य :
– हरेक बर्ष संसाभरी ५०० विलियन प्लाष्टिकको ब्याग प्रयोग हुन्छ
– झण्डै ८ मिलियन प्लाष्टिक ब्याग समुन्द्रमा पुग्ने गदर्छ ।
– गत वर्ष संसारमा गएको शताब्दीमा भन्दा बढी प्लाष्टिक ब्याग उत्पादन भयो
– ५० प्रतिशत भन्दा बढी प्लाष्टिक ब्याग व्यक्तिगत प्रयोजनका लागि प्रयोग हुन्छ
– हरेक एक मिनेटमा एक मिलियन प्लाष्टिकको वोटल विक्री हुन्छ
– कुल फोहोरको १० प्रतिशत भन्दा बडढी हिस्सा प्लाष्टिक ब्यागले ओगट्ने गर्दछ ।

स्रोतः एजेन्सीहरु

नेपालमा पनि प्लाष्टिकको ब्याग एक प्रमुख वातावरणिय समस्याको रुपमा देखा परेको छ। सरकारले विसं २०७२ मा प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेपनि त्यो अहिलेसम्म पुरा भएको छैन्।

‘प्लास्टिक झोलामुक्त शहर, हामी सबैको एउटै रहर’ भन्ने सरकारी अभियान पनि घोषणा भएको थियो । तर, त्यो भन्दा पहिले पनि प्रयास भने नभएको होइन् । प्लाष्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका ०६८ सार्वजनिक गरीएको थियो तर त्यो पनि कार्यान्वयन भएन् ।

आर्थिक वर्ष ०७३–७४ को बजेटमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ‘प्लास्टिक तथा पोलिथिन झोला प्रयोगबाट मानव स्वास्थ्य, वातावरण र शहरी सौन्दर्यमा पार्ने प्रतिकूल प्रभाव अन्त्य गर्न तिनको निर्यात, बिक्री वितरण र उपयोग गर्न पाइने छैन ’ भनी उल्लेख गरेका थिए तर त्यो कार्यान्वयन भएन् ।

यतिवेला हाम्रा खोलामा मात्र होइन उच्च हिमाली भागमा समेत प्लाष्टिकको प्रदूषण वढेको छ । यस समाचारमा प्रस्तुत गरीएको तस्वीरले पनि प्लाष्टिक प्रदूषण कति भयावह बन्दै छ भन्ने देखाउँछ । पत्रकार रमेश भुसालले मनाङ जिल्लाको अन्नपूर्ण पदमार्गमा लिएको यो तस्वीरमा एक रुखमा प्लाष्टिकका झोलाहरु देख्न सकिन्छ । यति दुर्गम र जनसंख्या कम भएको स्थानमा समेत एउटा रुखमा प्लाष्टिकका झोलाहरु देखिन्छ भने अन्य ठाउँको अबस्था कस्तो होला ? सरकारी निकायसँगै स्थानीय तहमा नै यस विषयमा पर्याप्त जनचेतना सिर्जना नभएसम्म प्लाष्टिक प्रदूषण अन्त नहुने वातावरणविदहरुको राय छ ।

ताजा समाचार

सम्बन्धित समाचार